विदेशबाट आएका श्रीमानको प्रेमी देवरसंग मिलेर हत्या…

श्रीमान् वैदेशिक रोजगारीमा । श्रीमती देवरसँगै प्रेमचक्करमा । यही प्रेमचक्करले घर मात्र उजाडिएन, जेलको चिसो छिँडीमा पुर्‍यायो ।

करुनिया–२ का ३२ वर्षीय अभिनन्दन साह पैसा कमाउन विदेश लागे । उनकी श्रीमती शकुन्तला साह भने अभिनन्दनकै काकाको छोरासँग प्रेममा परिन् । चार वर्षपछि अभिनन्दन घर फर्किए । तर, आफ्नै घरमा उनलाई काल कुरेर बसिरहेको थियो । घर फर्किएको चार महिनापछि उनको हत्या भयो।

अभिनन्दन विदेशमै रहेका वेला श्रीमती शकुन्तला र अभिनन्दनका काकाको छोरा २५ वर्षीय पप्पु भनिने मनीषकुमार सुमनको माया बसेको थियो । चार वर्षपछि अभिनन्दन घर फर्किए । यसपटक उनी वैदेशिक रोजगारीमा नजाने गरी फर्किएका थिए।
….

….
उनी फर्किएको चार महिना भइसकेको थियो । अभिनन्दन फर्किएपछि शकुन्तला र मनीषबीच भेटघाट र कुराकानी हुन समस्या हुन थाल्यो। प्रेममा बाधा पर्न थालेपछि अभिनन्दनको हत्या भएको प्रहरीले जनाएको छ।

श्रीमतीकै योजनामा आफ्नै भाइ तथा श्रीमतीका प्रेमी मनीषले अभिनन्दनको हत्या गरेको प्रहरीले जनाएको छ। अवैध यौनसम्बन्धकै कारण हत्या भएको देखिएको रौतहटका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोख्रेलले जानकारी दिए।

हत्या आरोपमा श्रीमती शकुन्तला, मनीष र अर्का एकजनालाई प्रहरीले पक्राउ गरेको खबर नयाँपत्रिका दैनिकमा छ।





Comments

comments

Leave a Reply

15894