सुवास बने सातौँ बिग आइकन

रेम बिक / एचकेनेपाल डट कम –

पोखरा, १८ चैत । सैनीकबस्ती लेखनाथका सुवास गुरुङ सातौँ बिग आइकन बनेका छन् । दुई प्रतिस्पर्धी चितवन पटिहानीका सागर आले र पोखरा संगमटोलकी प्रिया गुरुङलाई भोटिङको आधारमा उछिन्दै उनले सातौँ सँस्करणको बिग आइकनको ताज आफ्नो पोल्टामा पारे।

पोखरा सभागृहमा खचाखच दर्शकमाझ प्रमुख अतिथि रहेका रवीन्द्र मिश्रले विजेताको नाम घोषणा गर्दै गर्दा सुवासका आँखा एकाएक भरिए । उनले खुशीको आँशु थाम्न सकेनन् । आफूलाई भोट गर्ने स्रोताहरु, सहयोग गर्ने साथीभाई, ईष्टमित्र र आफन्तलाई उनले धन्यबाद दिए । निरन्तरको प्रयास पछि आफू सफल भएको भन्दै उनले आगामी दिनमा साँगीतिक करिअरलाई अगाडि बढाउन अझै बढि चुनौती थपिएको प्रतिक्रिया दिए।


सुवास

सुवास चौथो बिग आइकनमा पहिलो चरणको अडिसन राउण्डबाटै प्रतियोगिताबाट बाहरिएका थिए । यद्यपि उनले हिम्मत नहारिकन पुनः छैठौँ बिग आइकनमा सहभागिता जनाए । अघिल्लो पटक उनी उत्कृष्ट २० राउण्डबाट पुनः बाहिरिए । उनले अठोट भने लिएकै थिए कि, ‘बिग आइकनको ताज कुनै हालतमा जित्छु ।’ तेस्रो पटकमा मात्रै उनी सफल भए । ‘मैले संसार जितेको अनुभव गरेको छु ।’ सुवासले भने।

बिग आइकन भएसँगै सुवासले १ लाख ७५ हजार रुपैयाँ बराबरको यामाहा स्कुटर र बेलायतको सांगीतिक भ्रमण गर्ने अवसर पुरस्कार स्वरुप प्राप्त गरेका छन् । सातौँ बिग आइकन अन्तरगत चितवन पटिहानीका सागर आले फस्ट रनर अप भए भने पोखरा संगमटोलकी प्रिया गुरुङ सेकेन्ड रनरअप भईन्।

बिग आइकन घोषणा गरेसँगै साझा पार्टीका परिकल्पनाकार समेत रहेका रवीन्द्र मिश्रले सुवासले ‘निरन्तर प्रयासले नै सफलता मिल्ने’ उदाहरण प्रस्तुत गरेको बताए । उनले अन्य दुई उपविजेताहरुलाई पनि सफलताको शुभकामना दिए । त्यो भन्दा अगाडि कार्यक्रमलाई सम्बोधन गर्दै उनले बिग आइकनले युवाहरुको सक्रियतालाई प्रस्ट्याउने उल्लेख गरे । ‘युवाहरुको समूह र उनीहरुले गरेको कार्यक्रमको शैलीले आगामी नयाँ नेपाल पनि यस्तै व्यवस्थित हुनुपर्छ भन्ने सन्देश दिएको छ ।’ मिश्रले भने–‘यस्तै उर्जा सँधै मिल्दै जाओस् । र, युवाहरुको यस्तै उर्जाले मात्रै देश व्यवस्थित बन्छ।’

साथै उनले सांगीतिक कार्यक्रमसँगै बिग एफएमले परोपकारी भावना राखेर श्रमिक बालबालिकाहरुलाई सहयोग गरेर अझै बढि आफ्नो उँचाई बढाएको बताए । बिग एफएमले ‘बिग आइकन’को ग्राण्ड फिनालेमा टिकट विक्रिबाट उठेको सम्पूर्ण रकम पोखरा उद्योग वाणिज्य संघद्वारा संचालित ‘बालश्रम न्यूनिकरण कार्यक्रम’लाई उपलब्ध गराएको थियो । शुक्रबार भएको कार्यक्रम अन्तरगत टिकट विक्रिबाट ५२ हजार ५० रुपैयाँ संकलन भएको थियो।

कार्यक्रममा फाइनलिस्टसँगै सातौँ बिग आइकनका उत्कृष्ट १० प्रतिस्पर्धीले समेत प्रस्तुती दिएका थिए । सोहि क्रममा बिग आइकनका निर्णायद्वय श्यामसुङ तामाङ, विवेक श्रेष्ठसँगै यसअगाडिका बिग आइकन विजेताहरु मुस्कान रानाभाट र साजन आलेले पनि प्रस्तुती राखेका थिए।

त्यस्तै कार्यक्रमको टाइटल स्पोन्सर रहेको कम्पनी ‘इन्टिग्रेटेड मोबिलिटि सोल्यूसन्स’का मार्केटिङ हेड आयुष श्रेष्ठले बिग आइकनको प्रभावकारिता देखेर नै कम्पनीले निरन्तर सहकार्य गरेको बताए । ‘गायन प्रतिभाहरुको लागि राष्ट्रकै उत्कृष्ट मञ्चको रुपमा बिग आइकन दरिईसक्यो । र, यस्तो खाले ग्राण्ड इभेन्टमा सहकार्य गर्न पाउँदा हामी पनि निकै खुशी छौँ ।’ उनले भने।

कार्यक्रमा सातौँ सँस्करणको बिग आइकनलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण संघसंस्था तथा शुभचिन्तकहरुलाई एफएमका अध्यक्ष महेश भण्डारीले धन्यवाद ज्ञापन गरे । ‘सबैजनाको साथ र सहयोगले मात्रै निरन्तर सातौँ पटकसम्म हामीले बिग आइकनलाई कुनै विवाद बिना अगाडि बढाउन पाएका छौँ ।’ उनले भने–‘त्यसैले यसको सफलताको श्रेय सबैजनालाई जान्छ।’

यो पटक बिग आइकनको टाइटल स्पोन्सर सामसुङ ग्यालेक्सी जे टु सिक्सले गरेको थियो । बिग आइकनको ईन एशोसियसन विथ टाइटलमा कान्साइ पेन्ट्स नेपाल, पावर्ड बाईमा स्यालुट गोर्खा ट्रेनिङ सेन्टर, सपोर्टेड बाईमा पोखरा ट्रेड मल, प्रोमोटेड बाइमा द ब्रिटिश कलेज थापाथली, ब्रट टु यु बाइमा रारा चाउचाउ, मेन–स्पोन्सरमा इम्पल्स इन्टरनेशनल इन्स्टिच्यूट, मिराइ इन्टरनेशनल एडुकेशनल कन्सल्टेन्सी रहेका थिए।

प्रथम पुरस्कार ‘एमएडब्लू’ इन्टरप्राइजेज प्रालिले गरेको हो । त्यस्तै कार्यक्रमको स्पोन्सरमा यूनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (यूआरएल), को–स्पोन्सरमा पिपलडाली मसला र मिलिजुली डेकोरेशन, बैंकिङ पार्टनरमा ओम डेभलपमेन्ट बैंक, ट्राभल पार्टनरमा जिरो प्वाईन्ट ट्राभल्स एण्ड टुर्स प्रालि रहेका थियो।

त्यस्तै आइटी पार्टनरमा कम्यूनिकेट टेक्नोलोजिस, ब्रोडकास्टिङ पार्टनरमा एभिन्यूज टिभी र फेवा टेलिभिजन, हस्पिटालिटि पार्टनरमा होटल बाराही, भेन्यू पार्टनरमा रोयल पोखरा रेस्ट्रो एण्ड लाउन्ज बार, विज्ञापन पार्टनरमा परिचय एड्भरटाइजिङ, म्यागेजिन पार्टनरमा वेभ, मिडिया पार्टनरमा कान्तिपुर साप्ताहिक, अनलाइनखबर डटकम र समाधान दैनिक तथा अनलाइन पार्टनरमा जक्शन डटकमले सहकार्य गरेका थिए।





Comments

comments

Leave a Reply

17021