टाईफून नं. ८ का कारण हङकङको जनजीवन अस्तव्यस्त, ४१ हवाई उडान रद्द, २१ जनाको उद्धार…

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १२ जुन । टाईफून सिग्नल नं. ८ (आँधी बेहेरी)का कारण हङकङको जनजीवन अस्तव्यस्त बनेको छ। यो वर्षकै पहिलो ठूलो आँधी बेहेरी हङकङको समय अनुसार साँझ ५:२० शुरु भएको हो।

हङकङको व्यस्त मानिएको स्टार फेरी सेवा टाईफूनका कारण रद्द गरिएको छ। स्टार फेरि सेवा बन्द भएपछि एमटिआर (भूमिगत रेल) स्टेशनमा गन्तव्यमा पुग्ने यात्रुहरुको भीड लागेको छ।

टाईफून नं. ८ का कारण स्टार फेरि सामुद्रिक बाटो, अधिकांश बस सेवाहरु, शैक्षिक र व्यापारिक प्रतिष्ठानहरु बन्द भएका छन्। हङकङ शिक्षा विभागले शैक्षिक प्रतिष्ठानहरु बन्द गरिएको घोषणा गरेको छ।

हङकङ विमानस्थल प्राधिकरणले टाईफूनका कारण साँझ ७ बजेसम्म कम्तीमा ४१ उडानहरू रद्द भएको जनाएको छ। त्यसैगरी २७५ उडानहरु डिले भएको जनाएको छ।

टाईफूनले विपत्तमा परेका २१ जनालाई उद्धार गरी अस्थायी सेल्टरमा राखिएको गृह मंत्रालयले जनाएको छ।





Comments

comments

Leave a Reply

18338