निगमले भुटान एयरलाइन्सको जहाज भाडामा लिने

नेपाल एयरलाइन्सले भुटान एयरलाइन्सको विमान भाडामा लिने भएको छ।

निगमले यस सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न बुधबार प्रारम्भिक छलफल गर्ने भएको छ। निगमले भुटानी वायुसेवाको ए ३२० जहाज भाडामा लिन बुधबार छलफल गर्न लागेको प्रवन्ध निर्देशक सुगतरत्न कंसकारले जानकारी दिए।

निगमले भाडामा लिन मागेको प्रस्तावमा भुटानको टासी ग्रुप अन्तर्गतको भुटान एयरलाइन्स र युक्रेनको टुवेल्भ स्टार एभिएसनअन्तर्गतको स्टार एयरलाइन्सले प्रस्ताव पेश गरेका थिए।

तर, यी दुई प्रस्तावमा प्राविधिक र आर्थिक दुवैमा भुटान एयरलाइन्सको उपयुक्त पाइएकोले भुटानी वायुसेवाका प्रतिनिधिलाई बुधबार छलफलका लागि बोलाइएको कंशकारले बताए। कारोबार दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

18440