आदिवासी जनजाति महासंघ कास्कीमा धर्म तमु

हुम तमु –

पोखरा, २३ असार। नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद कास्कीको शुक्रवार सम्पन्न सातौं अधिवेशनले धर्म तमुको अध्यक्षतामा सर्वसम्मतीले निर्विरोध कार्यसमिति गठन गरेको छ ।

आगामी तीनवर्षे कार्यकालका लागि तमुको अध्यक्षतामा गठित कार्यसमितिको उपाध्यक्षमा सुवेदार हरिमान तामाङ, सचिवमा बमबहादुर छन्त्याल, सहसचिवमा प्रेम लिम्बु र कोषाध्यक्षमा बुद्धिमाया थापामगर चयन हुनुभएको हो ।

यसरी नै आदिवासी जनजाति महासंघ समन्वय परिषद कास्की शाखाको कार्यसमिति सदस्यहरुमा अम्बर तुलाचन, गमबहादुर तमु, राजन कुमाल, तेजबहादुर ह्योल्मो,मनबहादुर भुजेल, फुर्वा छिरिङ ताङबे, दिर्घसिंह लालचन, क्षेत्रबहादुर थकाली, नवराज दुरा र असिलाल थारुको नाम आ—आफ्नो जातिय संस्थाहरुबाट सिफारिस गरिए अनुसार अनुमोदन गरिएको नेपाल आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष पानबहादुर घर्तीले जानकारी दिनुभयो ।

सर्वसम्मत कार्यसमितिको साउन १४ गते एक कार्यक्रम आयोजना गरी पदस्थापन गरिने अध्यक्ष घर्तीले बताउनुभयो ।

यस अघि महासंघ कास्की शाखाको मोहन तमु, क्याप्टेन कृष्णबहादुर थापा र पानबहादुर घर्तीले दुई दुई कार्यकाल नेतृत्व गरिसक्नु भएको छ ।

आदिवासी जनजाति महासंघमा कास्कीका १६ वटा आदिवासी जनजाति संस्थाहरु आवद्ध रहेका छन् ।





Comments

comments

Leave a Reply

18718