एनआरएन बेलायतको अध्यक्षमा हिराधन राईको उम्मेदवारी घोषणा

रोशन मेवाहाङ्ग / एचकेनेपाल डट कम –

लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतको अध्यक्ष पदको लागि हिराधन राईले उम्मेदवारी घोषणा गरेका छन्।

अल्डरसटको एक नेपाली रेष्टुरेन्टमा दुई पटक एनआरएन वेलायतका उपाध्यक्ष कार्यकाल सकिसकेका राईले औपचारिक रुपमा नेपाली संघ संस्था, पत्रकार र शुभचिन्तकहरुसामु एनआरएन वेलायतको अध्यक्षको लागि उम्मेदवारी घोषणा गरेका हुन्।

वेलायती गोर्खा सैनिकमा रहंदा सैनिक अण्डाका शारीरिक र तेक्वान्दो प्रशिक्षक रहेका राई नेपालको दुर्गम जिल्ला खोटाङ बासपानीका कर्मठ समाजसेवी मणिप्रसाद राईका साइलो छोराको रुपमा जन्मिएर गाउँकै विद्यालयबाट बि.सं. २०४२ सालमा प्रवेशी(एसएलसी) परीक्षामा दोस्रो श्रेणीमा उत्तीर्ण हुर्दै उच्च शिक्षा हासिल गर्नका लागि धरानस्थित महेन्द्र बहुमुखी क्याम्पस लागेका थिए।

प्रवीणता प्रमाण–पत्र तहको अध्ययनसँगै वेलायती गोर्खा सैनिकमा भर्ति हुने उनको सपना सन् १९८७ मा पुरा भएको थियो। वेलायती गोर्खा सैनिकको तालिम केन्द्र हङकङमा ४२ हप्ता तालिम सकेपछि रोयल गोर्खा रेजिमेन्टमा दरबन्दी पाएका राईले लगभग १८ बर्ष सैनिक सेवा पूरा गरेका थिए। सेवाको क्रममा बिभिन्न तालिमहरुसँगै राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय स्तरका पदकहरुसमेत प्राप्त गरे।

रोयल गोर्खा रेजिमेन्टमा उनले शारीरिक प्रशिक्षकका रुपमा कार्य गरिरहदा अफगानिस्तानमा संयुक्त राष्ट्र संघीय अन्तर्रा्ष्ट्रिय शान्ति सेनाको प्रशिक्षकका रुपमा समेत कार्य गर्ने अवसर पाउदा संयुक्त राष्ट्रसंघीय पदक तथा फरक राष्ट्रका सुरक्षाकर्मीसँगहरुको कार्य अनुभवलाई अन्य क्षेत्रमा समेत सदुपयोग गर्ने अवसर पाएका उनले बताए।

गोर्खा सैनिक सेवामा तेक्वान्दो मुख्य प्रशिक्षकका रुपमा रहदा धेरै प्रशिक्षार्थीहरु उत्पादन गर्नुका साथै आफ्नै जीवनमा पनि अनुशासन र नेतृत्व बिकासका पक्षहरुका बारेमा अध्ययन र अनुभव गर्न पाएका राईले अध्ययनलाई जीवनका अभिन्न अंग सम्झंदै वेलायती एआर विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातक सम्मका प्रमाण–पत्र लिन सफल भएका छन्।

सैनिक सेवालाई रोजीरोटीको रुपमा मात्रै हैन एउटा अवसरको रुपमा लिदै बिभिन्न मुलुकहरुको भ्रमण गर्न पाए, जसमा हङ्गकङ्ग, वु्रनाई, मलेशिया, थाईल्याण्ड,बेलिज, सेरालियोन, कोसोभो, साइप्रस, जर्मनी, केन्या, अमेरिका, क्यानाडा, फोकल्याण्ड, मेसोडोनिया, इराक, अफगानिस्तान, स्पेन, फ्रान्स, अष्ट्रेलिया लगायतका २ दर्जन भन्दा बढी राष्ट्रहरुको भ्रमणमा गर्न पाउदा धेरै कुराका ज्ञान पाएका उनले बताए ।
जीवनमा धेरै आरोह-अवरोह भोग्दै अगाडी बढ्ने क्रममा सैनिक सेवाबाट अवकाश पश्चात जीवनलाई तपसिलका चार क्षेत्रमा केन्द्रित गर्दै अगाडी बढाइरहने उनले जिकिर गरे ।

घोषणसभामा उपस्थित रहेका विभिन्न नेपाली संघ संस्था,जातीय संस्था र नेपाली युवा संघका प्रतिनिधि प्रेम गुरुङले उपाध्यक्ष राईलाई आगामी अधिवेशनमा ठूलो सहयोग गर्ने विश्वास दिएका थिए । उपाध्यक्ष राईले भने–‘एनआरएन वेलायतको अधिवेशन सहमतिमा पद भाग लगाउनु नकरात्मक विचार हो।’

सभामा बक्ताहरुले केहि पद लिप्त पदाधिकारीहरुका कारण वेलायतमा ६ जना उपाध्यक्ष चयन गरेका कारण एनआरएनए वेलायतलाई संसारभर छरिएका एनआरएनएहरुले खिल्ली उडाएका चर्चा गर्दै आगामी अधिवेशनमा त्यस्तो प्रवृति नदोहोरिन सल्लाह दिए।

राईद्वारा जारी विज्ञप्तिमा भनिएको छ ,‘ दुई वर्षको उपाध्यक्ष पदको कार्यकालमा रहदा एनआरएन वेलायतले अघि सारेका केहि एजेन्डाहरु अझै अधुरा छन् । ति अधुरो कार्यलाई आगामी कार्यकालमा पुरा गर्ने प्रतिवद्धता र केहि थप नयाँ एजेन्डाहरु दोहोरो नागरिकता कार्यान्वयनको पहल, आप्रवासी विद्यार्थीकालागि सूचना केन्द्र, नेपाली सामुदायिक भवन निर्माणको पहल, कल्याणकारी कोषको क्षमतावृद्धि जस्ता एजेन्डालाई उनले प्रारम्भिक रुपमा अघि सारेका छन् ।’घोषणसभाका सम्पूर्ण संयोजन उपाध्यक्ष राईका धर्मपत्नी रोजिना राई श्रेष्ठले गरेकी थिईन्।





Comments

comments

Leave a Reply

18828