प्रचण्डलाई ‘शताब्दी पदक’

त्रिमूर्ति निकेतनले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को दुई पल्टको प्रधानमन्त्रित्वकालमा उहाँले त्रिमूर्ति निकेतनको थप उचाई अभिवृद्धिका साथै नेपाली भाषासाहित्यमा पुर्याउनु भएको योगदानको कदर स्वरुप उहाँँलाई ‘त्रिमूर्ति सम्मान’ र ‘सत्यमोहन जोशी शताब्दी पदक’समर्पण गर्ने निर्णय गरेको छ।

त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको निकेतनको बैठकले सो निर्णय गरेको हो।

स्मरणरहोस त्रिमूर्ति निकेतन र नइ प्रकाशनको माग बमोजिम नेपाली वाङमयका शिखर व्यक्तित्व डा.सत्यमोहन जोशीको योगदानलाई मूल्याङ्कन गरी पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’काे प्रधानमन्त्रित्वकालमा उहाँलाई “वाङमय शताब्दी पुरुष”को उपाधि प्रदान गरिएको थियो।

साथै त्रिमूर्ति निकेतनका अन्य विशेष महत्वका कार्यहरुमा पनि पूर्व प्रधानमन्त्री ‘प्रचण्ड’द्वारा विशिष्ट सहयाेग प्राप्त भएका थिए ।

आगामी भदौ ३ गते त्रिमूर्ति दिवसका अवसरमा वाङमय शताब्दी पुरूष डा.सत्यमोहन जोशीबाट पूर्व प्रधानमन्त्री ‘प्रचण्ड’लाई ती सम्मान समर्पण गरिने छन् । साथै सो समारोहका प्रमुख अतिथि पनि ‘प्रचण्ड’ नै रहनु हुने भएको छ ।

यसबारे आज ‘प्रचण्ड गृह’ लाजिम्पाटमा त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाईले साेबारेको पत्र पूर्व प्रधानमन्त्री ‘प्रचण्ड’लाई हस्तान्तरण गर्नुभयो ।

त्यस अवसरमा शताब्दी पुरूष डा.सत्यमोहन जोशी, पूर्व शिक्षामन्त्रीद्वय डा.माेदनाथ प्रश्रित र दीनानाथ शर्मा, साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मा, अनुवादक अनुराज जाेशी र त्रिमूर्ति निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईको उपस्थिति थियो ।

(नरेन्द्रराज प्रसाई)
सदस्यसचिव
त्रिमूर्ति निकेतन





Comments

comments

Leave a Reply

18875