बिर्तामोडमा ५ दिने चलचित्र महोत्सव आयोजना हुने

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –

आगामी मंसिरमा प्रदेश नम्बर १ मा पर्ने झापाको बिर्तामोडमा चलचित्र निर्माता संघ नेपालको आयोजनामा ५ दिने चलचित्र महोत्सव आयोजना हुने भएको छ।

चलचित्रको संरक्षण र प्रवर्द्धनका लागि आयोजना गर्न लागिएको महोत्सवमा बिभिन्न चलचित्र प्रर्दशनका अलवा सांस्कृति कार्यक्रम प्रस्तुत हुनेछन् भने  ५० वटा संस्कृतिक स्टल समेत राखिने भएको छ।

कार्यक्रम भब्य बनाउन महोत्सव संयोजना समिति समेत गठन गरिएको छ।

कार्यक्रम भब्य, मर्यादित, ब्यवस्थित बनाउन बनाउन संघका सल्लाहकार प्रदीप मितल संयोजक र मदनगोपाल सुब्बा सह–संयोजकत्वमा समिति गठन गरिएको निर्माता संघका अध्यक्ष नवल खड्काले बताए।

साथै निर्माता संघ नेपालले राष्ट्रिय चलचित्र नीति र बक्स अफिस कार्यन्वनमा भएको ढिलाई प्रति समेत संघर्ष गर्ने निर्माता संघ नेपालले द्धारा जारी बिज्ञप्तिमा उल्लेख छ।

चलचित्रमा अब बक्स अफिस लागु हुने

नेपाली चलचित्रको विकास र हिसाबकिताब पारदर्शिताको लागि बक्स अफिसको माग हुदै आएकोमा अब नेपालमा बक्स अफिस लागू हुने भएको छ।

यसका लागि चलचित्र विकासबोर्डले तयार पारेको बक्स अफिस सफ्ट वेयर सूचना तथा सञ्चार मन्त्रालयमा सरकारवाला बीच सोमबार प्रस्तुत गरिएको हो।

सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको आतिथ्यमा चलचित्र विकाश वोर्डले तयार पारेर प्रस्तुत गरेको छ । उक्त सफ्ट वेयरमाथि सरोकारवालाहरुले आ–आफ्ना भनाई राखेका थिए।

कार्यक्रममा बोल्दै चलचित्र निर्माता संघ नेपालको अध्यक्ष नवल खड्काले केही चलचित्रकर्मीबीच तितामिठा सम्बाद चलेतापनि, अाम चलचित्रकर्मीले चाँडोभन्दा चाँडो बक्स अफिस लागुहोस् भन्ने भाबनाको कदर होस् भने।

सबैको सुझाव संकलनपछि बक्स अफिस लागु गरिने चलचित्र विकासबोर्डका सदस्य उत्तम केसीले बताए।





Comments

comments

Leave a Reply

18879