हङकङमा फेरि ८ नं. ठूलो आँधीबेहरी

न्युज डेस्क / एचकेनेपाल डट कम –

२३ जुलाई हङकङ। हङकङको मौसम विभागले ८ नं. को ठूलो आँधीबेहरीको सूचना जारी गरेको छ।

पर्ल रिभर डेल्टा हुंदै तीव्र रुपले बहने सामुद्रिक आँधीबाट सुरक्षित हुन सरकारले आह्वान गरेको छ।

हङकङको व्यस्त मानिएको स्टार फेरी सेवा आँधीका कारण ११ बजेसम्मको लागि रद्द गरिएको छ।

आँधीका कारण सिटीबसको सेवा सिमित पारिएको छ भने केही बस सेवाहरु निलम्बित गरिएको छ। भूमिगत रेल सेवा भने सामान्यरुपमा सुचारु रहने छ।

पानी जहाज र डुंगा चल्ने सामुद्रिक बाटोहरु निलम्बित गरिएको जनाइएको छ।

सामान्यतया आइतवार र सार्वजनिक बिदामा सञ्चालन हुने समाज कल्याण विभाग, स्कूल, हेरविचार कार्यक्रम र वृद्ध सेवा प्रदान केन्द्र, कल्याण सेवा एकाईहरु तुफानका कारण प्रभावित भएका छन्।

बाहिरी क्लिनिक बन्द हुने भएपनि सार्वजनिक अस्पतालमा दुर्घटना र आपतकालीन सेवा भने प्रभावित नहुने जनाइएको छ।





Comments

comments

Leave a Reply

18917