रुसमाथि प्रतिबन्ध लगाउने पस्ताव अमेरिकी संसदमा भारी मतले पारित

एजेन्सी : रुस, इरान र उत्तर कोरियामाथि प्रतिबन्ध लगाउनका लागि अमेरिकी संसदको तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टिेटिभ’मा भारी बहुमत प्राप्त भएको छ।

रुस, इरान र उत्तर कोरियामाथि प्रतिबन्ध लगाउनका लागि प्रस्ताव गरिएको विधेयकमाथि कंग्रेसको तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टिेटिभ’मा मंगलबार भएको मतदानमा ४१९ जना सदस्यले रुस, इरान र उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेको बताइएको छ । ३ जनाले मात्रै यस प्रस्तावको विपक्षमा मतदान गरेका थिए।

इरान र उत्तर कोरियामा यसअघि पनि अमेरिकाको प्रतिबन्ध कायमा भएपनि रुसमाथि पनि प्रतिबन्ध लगाउन कांग्रेसको तल्लो सदनले भारी मतले स्वीकृति दिएको हो ।अब यो विधेयक अमेरिकी संसदको माथिल्लो सदन सिनेटमा जाने छ सिनेटले पारित गरेपछि अन्तिम स्वीकृतिका लागि राष्ट्रपति समक्ष जानेछ ।

यो विधेयक पारित भएको खण्डमा अमेरिकाले रुसप्रति गर्दै आएको अहिलेको व्यवहार बदलिनेछ, रुसी संसदका अन्तर्राष्ट्रिय मामिला कमिटीका ‘लियोनिड स्लत्स्की’ले अमेरिकाले रुसमाथि लगाउने प्रतिबन्धले अमेरिका र रुसको सम्बन्ध जटिल हुने बताएका छन् ।

पछिल्लो समय अमेरिकी राष्ट्रपति ट्रम्प इरान र उत्तर कोरियाको आणविक गािविधि रोक्नका लागि रुसको समर्थन जुटाउन लागि परिरहेका थिए । यो विधेयक सिनेटले पास गरेको खण्डमा रुससँग सुमधुर सम्बन्ध कायमा राख्न प्रयासरत ट्रम्पको योजनामा दखल पुग्ने देखिन्छ। अन्नपूर्णपोष्टमा खबर छ।





Comments

comments

Leave a Reply

18995