बेलायतमा किराँत राई प्रतिष्ठान स्थापना, कूलपतिमा मुलिबीर राई


भुमि राई

लोपोन्मुख किराँत राईहरुको संस्कृतिको बिकाश र अहिलेसम्म हुन नसकेका र लिपिबद्द हुन बाँकी किराँत संस्कृति, ईतिहाँस, मुन्धुमलगायत बिबिध कला, भेषभुषा जोगाउँदै र त्यस बिषयक जानकारी मूलक बिबिध कार्यक्रमसहित भाबी पुस्तालाई किराँत राईसँग सम्बन्धित बिषयहरुमा जानकारी पुर्याउन सहज बनाउने हेतुले समग्र राई समुदायको हितमा कार्य गर्ने गरी ३० जुलाई २०१७ का दिन अल्डर्सटको निर्माया रोधी घरमा आयोजित एक कार्यक्रममा किराँत राई प्रतिष्ठान युकेको तदर्थ समिति गठन भएको छ।

युकेमा रहेको किराँती राईहरुको मूल घर किराँत राई यायोक्खा युकेलाई औपचारिक जानकारी गराई कार्यसमिति गठन गर्ने गरी तदर्थ समितिको घोषणा समारोहमा गहन छलफल पश्चात किराँत राईहरु सम्बद्ध कुनै सँघसंस्था वा कोही कसैसँग कुनै पूर्बाग्रही वा समानान्तर हुने गरी यो प्रतिष्ठानको निर्माण नभएको बरु समग्र किराँत राईहरुलाई, बिषेशत किराँत संस्कृती र सभ्यता अनि समग्र किराँतहरुको सम्पूर्ण कुराहरु समेटेर अगाडी लैजानको निमित्त अहिलेको समयको माग ‘किराँत राई प्रतिष्ठान युके’ निर्माण हो; भन्ने निष्कर्षमा पुगेर नै आवश्यकता परिपुर्तीका लागी प्रतिष्ठानको अपरिहार्यता आवश्यक रहेको भन्ने कुरा बहुमतले पारित गर्दै प्रतिष्ठानको तदर्थ समिती निर्माण भएको हो।

किराँत राई प्रतिष्ठान युकेको बारेमा स्पष्ट पार्दै जानकारी गराउनको निमित्त तदर्थ समितिका तर्फबाट कुलपतीको जिम्मेवारी पाउनु भएका मुलीबीर राईको संयोजकत्वमा ६ सदस्यिय समिती समेत तोकिएको छ।

सो समितिको जिम्मेवारी किराँत राई यायोक्खा युके केन्द्रिय कार्य समिती लगायत आवश्यक परेको खण्डमा सम्ब न्धित सरोकार वालाहरुसँग बिचार बिमर्श गरी ‘किराँत राई प्रतिष्ठान युके’ को आवश्यकता, निती तथा कार्यक्रम र कार्य योजना लगायत बिबिध कुराहरुको बारे स्पष्ट पारी समग्र किराँत राई समुदाय र सँघ संस्थाहरु सँगको सहकार्यमा अगाडी जाने लक्ष्य लिएको बारे जानकारी दिने छ।

किराँत राई समुदायका प्राज्ञिक बर्ग लगायत कला, साहित्य, संगित, भाषा र समग्र संस्कृतीको जगेर्ना गर्दै किराँत राईहरुको प्रतिष्ठा बढाउने गरी ‘किराँत राई प्रतिष्ठान युके’ ले कार्य गर्ने लक्ष्य लिएको छ।

किराँत राई यायोक्खा नेपालकी पूर्ब केन्द्रिय अध्यक्ष तथा किराँत राई यायोक्खा युके कि सल्लाहाकार सुमाया राई, किराँत राई यायोक्खा हङ्कङका पूर्ब अध्यक्ष नर हाङ राई, किराँत राई यायोक्खा युके प्राकास लण्डन शाखा कि अध्यक्ष शान्ता कला राई, सल्लाहकार डक्टर प्रमोद कोयि, पूर्ब सल्लाहकार रत्न कुमार राई, पर्यबेक्षकका रुपमा गायक राजन राई र गायक रेवत राई, किराँत मन्चका अध्यक्ष राजन खिम्बुले राई (मुलघरे), भरत लोहोरुङ राई लगायत गितकार तथा किराँत राई यायोक्खा युके केन्द्रिय सदस्य ईस्वर चाम्लिङ्, कबी तथा किराँत राई यायोक्खा युकेका केन्द्रिय सदस्य काङ्माङ नरेश, गायक किसन राई, कबी नबराज राई, गीतकार रन्जना राई, गायक तथा कबी आनन्द रानोहोङ्छा, गायिका सजिता हाङ्खिम, गायक सोनाहाङ राई, गायिका सुमी राई, गीतकार मुकेश राई, कृष्णमान राई, कलाकर रुपा राई, बिश्व हाङ राई र साहित्यकार तथा पि एच डि गरिरहनु भएका तथा किराँत राई प्रतिष्ठान युके तदर्थ समिती द्वारा कुलपती चुनिनु भएका मुलिबीर राई लगायत अन्यको उपस्थिती रहेको थियो।





Comments

comments

Leave a Reply

19097