रुखको फेदमा भेटियो मानव कंकाल: लाइटर, मोबाइल र इयरफेन पनि सँगै


रुखको फेदमा भेटियो मानव कंकाल: लाइटर, मोबाइल र इयरफेन पनि सँगै

बनेपा : काभ्रेको पनौती नगरपालिका ८ इन्द्रेश्वर थम्पु सामुदायिक वनमा बिहीबार दिउँसो वेवारिसे अवस्थामा मानव कंकाल भेटिएको छ।

जिल्ला प्रहरी कार्यलय काभ्रेका अनुसार जंगलको बीचमा रहेको रुखको फेदमा कुहिएको अवस्थामा पुरुषको कंकाल भेटिएको खबर अन्नपूर्णपोष्टमा छ।

स्थानीय जंगलमा च्याउ खोज्न जाने क्रममा कुहिएको अवस्थामा मावन कंकाल देखेसंगै प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यलयका डीएसपी महेन्द्र मसरासैनीका अनुसार घटनास्थलको अवस्था हेर्ने हो भने केही महिना अघि आत्महत्या वा हत्या भएको हुनसक्ने अनुमान गरिएको छ।
घटनास्थलबाट प्रहरीले मृतकको टिसर्ट, जिन्सपाइन्ट, इयरफोन, चप्पल, पेटी भेटिएको छ।

शव पूर्ण रुपमा कुहिएकाले शवको परिचय भने खुल्न सकेको छैन। स्थानीयले भने जंगलको बीचमा रहेको रुखको फेदमा लडिरहेको अवस्थामा भएकाले कसैले हत्या गरी झुण्ड्याएको हुन सक्ने बताएका छन्।

शव नजिक लाइटर र रुखमा डोरी काटेको अवस्थामा केही अवशेष प्रहरीले फेला पारेपछि घटना रहस्यमय बनेको छ। घटना बारे प्रहरीले थप अनुसन्धान थालेको डीएसपी मरासैनीले जानकारी दिए।





Comments

comments

Leave a Reply

19527