सावधान ! गोर्खा सन्ततिहरू यसरी ठगिन्छन्…

सावधान ! गोर्खा सन्ततिहरू यसरी ठगिन्छन्…

सन्तोष थलङ –

गोरखा सत्याग्रह संघर्ष समितिको अनवरत संघर्षका कारण बेलायत सरकारबाट गोरखाहरुलाई प्राप्त केही सुविधाहरुमध्ये एउटा मुख्य उपलब्धि, गोरखाका सन्ततिहरुले पाउने बेलायती आवासीय अधिकार हो। यो बिषयमा गोरखा सत्याग्रहले, अहिले भईरहेको नीति, नियय र व्यवहारमा सुधार गरी गोरखाका छोरा/छोरी हो भन्ने प्रमाणबाहेक अरु कुनै मापदण्ड राखिनु हुदैन भनेर संघर्ष गरिरहेको छ।

अहिलेको संघर्षको परिणाम आई नसकिरहेको अवस्थामा ३० वर्ष माथिका गोरखा सन्ततिहरुको बेलायती आवासीय भिसा आवेदन र असफल आवेदनका अदालती प्रक्रियाका लागि नेपाल र बेलायतमा पीडित गोरखा सन्ततिहरुलाई झुटो आश्वासन दिएर गलत मनसायले कमिसन खाने जस्ता घृणित कालो धन्दा भईरहेको प्रमाणहरु प्राप्त भईरहेका छन्।

अझ आपत्तिजनक कुरो के भने, बेलायती रक्षा मन्त्रालयको एक आधिकारिक निकायका हैसियतमा रहेको काठमान्डौंको ब्रिटिश गोर्खा क्याम्पमा स्थापित G.S.O (Gurkhas Settlement Office) अफिसका कर्मचारीहरुले, सल्लाह, परामर्श र सहयोग लिन गएका पीडित गोरखा सन्ततिहरुलाई काठमान्डौं मै रहेकी एक अदक्ष कानून व्यावसायी “ईन्दिरा श्रीस मगर” को सम्पर्कमा पठाई, सिफारिश गरेबापत प्रति व्यक्ति कमिसन लिने गरेको र उक्त ईन्दिरा श्रीस मगरले “पेपर हेयरिंग” अर्थात नेपालबाटै कागजात पठाएर बेलायती अदालतमा फैसला गराई मुद्धा जिताई दिने भन्दै महँगो शूल्क असुली ठगी गरेको तत्थ्य पुष्टि भईसकेको बिश्वस्त सुत्रबाट जानकारी प्राप्त भएको छ। जसका कारण आवासीय अधिकारका लागि आवश्यक आधारभूत तर्क र प्रमाणसमेत समावेश नगरी आवेदन पेस गरेकाले सयौं पीडित गोरखा सन्ततिहरुको भविष्य अन्यौल भएको छ। पुनरावेदन गर्नलाई पनि कानुनी जटिलताले अति कठिन भएको सम्बन्धित बेलायती कानूनविदहरु बताउंछन।

के BGTC क्याम्पका ति कर्मचारीहरुले सिफारिश गरेर कमिशन खाने जस्ता कालो धन्दा गर्न कानून सम्मत कुरो हो ? त्यस्ता कर्मचारीहरुलाई ब्रिटिश क्याम्प काठ्माण्डौंले छानबिन गरि कारवाही गर्ने कि नगर्ने?

अनि अन्जान एवं पीडित गोरखा र गोरखाका सन्ततिहरुलाई झूटो आश्वासन दिएर, पैसा असूलगरी बेलायतको आवासीय अधिकारको कानूनी बाटो नै बन्द गरी तिनका भविष्य नै अन्योलमा पार्ने, इन्दिरा श्रीस मगरलाई नेपाल सरकारले कारवाही गर्ने कि नगर्ने?

यस्ता भ्रष्ट नियत भएका निकाय र व्यक्तिहरुबाट सम्पुर्ण गोरखा र गोरखा सन्ततिहरु सजग रहनु पर्दछ। त्यस्तै गरि बिशेष काठमाडौंमा रहेका गोरखा सत्याग्रहका प्रतिनिधिहरु साथै अन्य गोरखा संस्थाहरुका प्रतिनिधिहरुले यस्ता गिरोहहरुलाई कारवाहीको दायरामा ल्याई गोरखाहरुलाई ठगिनबाट जोगाउन सक्रिय बन्न आवश्यक देखिएकोछ।

जय गोरखा !!!
०८ सेप्टेम्बर २०१७





Comments

comments

Leave a Reply

19646