किराँत राई यायोक्खा युकेको बार्षिक साधारण सभा सम्पन्न, मेजर भुपजित राईको संयोजकत्वमा नयाँ माङ्खिम कार्य समिति चयन

भूमि राई –
‘अनेकतामा एकता हाम्रो निशान ! धेरै भाषा एउटै जात किराँत राईहरुको पहिचान’ !! भन्ने मूल नाराका साथ किराँत राई यायोख्खा युकेले आफ्नो बार्षिक साधारण सभा किराया युकेका अध्यक्ष पदम बहादुर राई बिईएम (BEM) को अध्यक्षतामा आइतबार आफ्नै किराँत भूमि किराँत हाउस गेम्बल लेनमा सम्पन्न गर्‍यो।

किराँत राई यायोक्खा युकेको बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै महा-सचिब जितेन्द्र साम्पाङले पढेर सुनाउनु भए पश्चात बिभिन्न बिषयमा छलफल भएका थिए।

बार्षिक प्रतिबेदन भित्र किराँत राई यायोक्खा बेलायतको सांगठानिक संरचनाको अवस्था, प्रारम्भिक कार्य समितिको बिस्तार , किराया युकेमा आबद्ध भाषिक तथा थरगत सस्थाहरुका बारे, किराया बेलायतको सदस्यता सम्बन्धमा, बेलायतमा यलम्बर स्मृति दिवस २०१७, स्रष्टाहरुको सम्मानमा किराया बेलायतको भूमिका, बेलायतमा किरातहरुको अस्तित्व, किराया बेलायतले गरेको आर्थीक सहयोग, माङ्खिम तथा साकेला स्थल अन्तर्गत माङ्खिम घर निर्माण गरी सामूहिक चुला घरको निर्माण गरी जन्म देखी मृत्यु सम्मका बिधी बिधान गर्न सहज बनाउने, पाँच देखी नौ सय अटाउने मंच सहितको सभा कक्ष सहित किराया युके कार्यलय स्थापना गर्ने, तुरुन्तै शौचालयको निर्माणको कार्य योजना शुरु गर्ने लगायतका बिषयहरुका बारे छलफल भएका थिए।

महा-सचिबले किराया युके केन्द्रिय समितिको सांगठानिक प्रतिबेदन २०१७ प्रस्तुत गर्नु पूर्ब केन्द्रिय कार्य समितिमा रहनु भएका पदाधिकारीहरुलाई लक्षित गर्दै महत्वपूर्ण कार्यक्रम लगायत किराया युकेको मिटिङहरुमा उपस्थिती जनाउन पनि असमर्थ हुँदा कती महत्वपूर्ण निर्णयहरु गर्न असहज हुने लगायत उपस्थित नै हुन नसक्नेहरुले कसरी संस्था प्रती सकारात्मक सहयोग पुर्याउन सम्भब होला ? भन्दै प्रतिप्रश्न गर्दै सबैलाई आफ्नो सहभागिता दुरुस्त राख्न निर्देशन अनुरोध गर्नु भएको थियो।

किराँत राई माङ्खिम स्थल खरिदका लागि महत्व पूर्ण भूमिका निभाउँदै सफलतापूर्बक माङ्खिम स्थल खरिद गरेर युकेबासी नेपालीहरुलाई आफ्नो भूमि सुम्पन सफल माङ्खिम कार्य समितीलाई औपचारिक रुपमा धन्यबाद सहित कार्यसमिती भंग गर्दै नयाँ कार्यसमिती निर्माणका लागी अध्यक्ष पदम बहादुर राई BEM ले घोषणा गर्नु भएपछि नयाँ कार्य समिती चयन प्रकृया शुरु भएको थियो।

रिटायर्ड मेजर भुपजित राईको सम्योजकत्वमा नयाँ माङ्खिम कार्य समितिको निर्माण भएको छ । उप-संयोजकहरु क्रमश: क्षेत्र कला राई, पपि राज राई र ध्रुब राई, कोषाध्यक्ष, मान बा. राई, सचिब सहित सदस्य र अन्य पदहरु पछी बिस्तार हुने गरी नयाँ कार्य समिती चयन भएको थियो।

युके भ्रमणमा रहनु भएका पत्रकारहरु, फोनिज केन्द्रिय सल्लाहकार तथा कान्तिपुर दैनिकक सह-सम्पादक -गणेश राई, फोनिज कास्कीका निबर्तमान अध्यक्ष तथा कास्की आवाज कर्मी -हुम गुरुङ, फोनिज युके अध्यक्ष प्रमिला राई लाबुङ पनि यायोक्खा युकेको बार्षिक साधारण सभामा उपस्थित भएर किराँत भुमीको अवलोकन भ्रमण गर्नु भएको थियो। अतिथिहरुलाई किराँत राई युकेका अध्यक्ष पदम बहादुर राई BEM, सल्लाहाकारहरु रत्न राई, चण्डिका राई लगायत केन्द्रिय कार्य समिती र उपस्थित किराँत राईहरुले स्वागत गर्दै खादा ओढाएर सम्मान गर्नु भएको थियो।





Comments

comments

Leave a Reply

19698