ससुरा मेयर, बुहारी उपमेयर

रौतहट – चन्द्रपुर नगरपालिकामा ससुरा मेयर भएका छन् भने बुहारी उपमेयर भएकी छन्। तर, एउटै होइन, फरक फरक दलबाट।

कांग्रेसका रामचन्द्र चौधरी मेयरमा निर्वाचित भए । उपमेयरमा एमालेकी रामरती चौधरी निर्वाचित भइन्। उनीहरु नातामा ससुरा बुहारी पर्छन्।

रामचन्द्रले ९७८० मत ल्याएका छन् । रामरतीले ९९१६ मत ल्याइन्। नयाँ पत्रिकामा खबर छ।





Comments

comments

Leave a Reply

19833