अमेरिकामा यसरी मनाइयो दशैं (फोटो फिचरसहित)

विजय थापा / एचकेनेपाल डट कम –

असोज १४, अमेरिकाका विभिन्न राज्यहरुमा बसोबास गर्ने नेपालीहरुले मान्यजनहरुबाट टीका ग्रहण तथा आशिर्बाद लिएर बडा दशैँ मनाएका छन्।

नेपालमा ११ बजेर ५५ मिनेटको शुभ साईत रहेपनि अमेरिकाका नेपालीहरुले फरक फरक समयमा टीका लगाए।

यस बर्षको दशैं शनिबार परेकोले नेपाली समुदाय निकै खुशीले आफ्नो संस्कृति, परम्परा तथा चाडपर्व मनाउन निकै हर्षित देखिन्थे। अमेरिकामा नेपाली संघ /संस्था तथा नेपाली मन्दिरहरुले समुदायको लागि जमराको व्यवस्था गरि दिएपछि सजिलो भएको छ।

बडा दशैको दिन मासुका विभिन्न परिकारहरु पक्कु, भुटेको भुडी,कलेजो ,रक्ती ,भित्र्यास, काक्राको खल्पी, कालो मासको दाल, तामाबोडी, सेलरोटी, केराको बुङ्गोको अचार,नेपाली शैलीका अचार तथा चिउरा आदि खाए।

पुरुषहरु नेपाली पोशाक दौरासुरुवाल र ढाका टोपीमा देखिन्थे भने महिलाहरु पनि नेपाली शैलीका अधिकांश रातो फरिया तथा सुनका गहनासहित सजिएका थिए।

अमेरिकामा जन्मिएका दोश्रो पुस्ताका बालबालिकाहरुले टीका जमरा र दक्षिणा पाउंदा प्रफुल्ल भै रमाएका थिए। कसैले मनोरञ्जनका लागि तास पनि खेलेका थिए।

थप फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्





Comments

comments

Leave a Reply

19927