सहारा क्लवलाई हङकङबाट आर्थिक सहयोग

सुदर्शन रञ्जित / एचकेनेपाल डट कम –

पोखरा, २८ असोज। सहारा क्लबले सञ्चालन गरेको सहारा एकेडेमी दोबिल्लाको सहारा क्लब हङकङका सल्लाहकार, कानुन व्यवसायी, लोकगायक एवं समाजसेजी देव गुरुङ र उहाँका धर्मपत्नी मीना गुरुङले अवलोकन भम्रण गरेका छन्।

सहारा क्लब पोखराका पदाधिकारी एवं सदस्यहरुले उहाँहरुलाई स्वागत गरेका थिए भने सहारा क्लब पोखराको वर्तमान गतिविधि एवं भावी योजनाको बारेमा क्लबका अध्यक्ष केशबबहादुर थापाले जानकारी गराउनु भयो।

सो अवसरमा सहारा एकेडेमी सञ्चालन सहयोगार्थ गुरुङ र उहाँकी धर्मपत्नी मिना गुरुङले संयुक्त रुपमा ५० हजार रुपैयाँ क्लबका अध्यक्ष थापालाई प्रदान गरेका थिए।

साथै उहाँले पहिलो आफ्नो जन्म घर र दोश्रो सहारा ऐकेडेमी रहेको र आगामी दिनहरुमा सहयोगको निरन्तरता रहने पनि बनाउनु भएको थियो । एकेडेमीका बालकहरुलाई राम्रोसँग पढाइको साथै खेलमा महेनत गर्न सुझाउदैं भविष्यमा क्लब र आफ्नो नाम उच्च राख्न शुभकामना दिएका थिए । गुरुङ एकेडमी र आहा गोल्ड कपमा वर्षेनी सहयोग गर्दै आउनुभएको छ। एकेडेमीमा विपिन्न वर्गका २६ जना बालकहरु छन्।





Comments

comments

Leave a Reply

20137