हङकङ र मकाउका एनआरएन अध्यक्षद्वारा वि विल राईज फाउण्डेसनको कार्यालय समुद्घाटन

एचकेनेपाल डट कम संवाददाता-

काठमाडौं, वि विल राईज फाउण्डेसनले काठमाडौंमा कार्यालय स्थापना गरेको छ।

यो सँगै अब सामाजिक कार्यलाई अझ गति दिने बताइएको छ । हङकङ तथा मकाउका एनआरएन अध्यक्षद्वय टिकादेवी गुरुङ र शान्ति अधिकारीले काठमाडौं पुरानो बानेश्वरमा स्थापित कार्यालयको बुधबार रिबन काटी विधिवत शुभारम्भ गरेका हुन्।

गैरआवासीय नेपाली संघको आठौं विश्व सम्मेलनमा सहभागी हुन अध्यक्षद्वय काठमाण्डौं पुगेका हुन् । समारोहमा हङकङ पत्रकार संघका अध्यक्ष किसन राई, समाजसेवी कुलप्रसाद गुरुङ, पत्रकार संजीव शिल्पकार, एनआरएन हङकङका कार्यकारी सदस्य भेषमणि श्रेष्ठ, फाउण्डेसनका सल्लाहकार एवं फ्रान्सका लागि पूर्व नेपाली राजदूत मोहनकृष्ण श्रेष्ठ, एनआरएन मकाउका सल्लाहकार, एनआरएन आइसीसी सदस्य दिलिप गुरुङ, मानिक लाल श्रेष्ठ, अशोक गुरुङ लगायतको उपस्थिति थियो।

‘एक नेपाली जो जहाँ भएपनि’ भन्ने नाराका साथ हङकङ, मकाउ र चीनमा बसोबासरत नेपालीहरुको सहयोगमा ‘हामी उठ्ने छौं’ हाल ‘वि विल राईज’ अभियान जन्मिएको हो। यो अभियान स्वदेश एवं विदेशमा रहेका नेपालीहरू बीच एक आपसमा सुमधुर साइनो कायम राख्ने माध्यम बनेको छ।

महाभूकम्पले जन्माएको यो अभियानले पछिल्लोसमय आफ्नो दायरा फराकिलो बनाउँदै अघि बढिरहेको छ।

अभियानका रुपमा सुरु भएको ‘हामी उठ्ने छौं’ हाल ‘वि विल राईज फाउण्डेसन’ का रुपमा संस्थागत भएको छ। यो कुनै पेशागत, जातीय, वर्गीय वा राजनीतिक संगठन नभएर केवल विशुद्ध नेपाली मनहरूको संयोजनबाट बनेको संस्था हो। सानो सुन्दर मुलुक नेपाल हरेक क्षेत्रमा उठ्नु पर्छ भन्ने अभिप्रेरणा र सकारात्मक सोच जगाउँने अभियानको मुल मन्त्र हो । यहि उदेश्य अनुरुप फाउण्डेसनले विभिन्न गतिविधिहरु संचालन गर्दै आइरहेको छ।





Comments

comments

Leave a Reply

20210