अमेरिकामा छठ पर्व यसरी मनाइदै



विजय थापा

अमेरिकाको डिसी महानगरमा नेपालका तराई जिल्ला तथा शहरबाट आएका तराईबासीको पहलमा डिसी क्षेत्रमा छठ पर्व ३ दिन सम्म चल्ने छ।

अक्टोबर २५ तारिखदेखि डीसी क्षेत्रको निजी निवासमा भेला भै छठ पर्व सुरु गरेका छन्।

अक्टोबर २६ तारिख डीसी महानगर क्षेत्रको पोटोम्याक नदीस्थित अलगोनकिएन पार्कमा साँझमा पूजा गरिएको छ। छठ पूजाको लागि अन्य राज्यहरुबाट समेत व्रतालुहरु आएका छन्र साँझ ४ बजेदेखि सुरु भएको उक्त पूजा अध्यारो नहुन्जेल चलेको थियो भने अक्टोबर २७ तारिख बिहान पुन सोही स्थानमा ६ बजे भेला हुने कार्यक्रम रहेको छ।

निरहार व्रतालुहरुले बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् भने पोटोम्याक नदीको किनारामा व्रतालुले अस्ताउँदै गरेको सूर्यलाई अर्घ अर्पण गरे। अक्टोबर २७ तारिखका बिहान उदयमान सूर्यलाई दोश्रो अर्घ चढाए पछि छठ पर्व सम्पन्न गर्ने छन्।

सूर्यको पूजा अर्चना गरी मनाइने सूर्यको पूजासम्बन्धी श्लोक ऋग्वेदमा पाइन्छ भने महाभारत कालमा द्रौपदीले छठ पर्वको व्रत लिएको सन्दर्भ उल्लेख गरिएको पाइन्छ।

कातिक शुक्ल चौथी तिथिदेखि सप्तमी तिथिसम्म यो पर्व मनाउने गरिएको छ । यो पर्वमा गहुँको पीठो, नरिवल, किसमिस, दालचिनीजस्ता मसला, घिउ, चीनी, भेलिको समिश्रणबाट बनाइएको ठकुवा, खजुरी आदि बनाइन्छ । चामलको पीठोबाट भुसुवा, मैदा सुजीको समिश्रणबाट पेरूकिया जस्ता मिठाई बनाइन्छ।

अमेरिकाको डीसी महानगर क्षेत्रमा नेपालको तराई क्षेत्रबाट आएका तराई बासिहरुले एक दशकअघि सुरु गरिएको यो छठ पर्व बिस्तारै वृद्धि हुदै गइ रहेको छ र यसको लागि विभिन्न राज्यहरुबाट समेत छठ मनाउन आउन थालेका छन्।

डीसी क्षेत्रमा बसोबास गर्ने कृपा सिंह तथा उनका जीवन संगिनी अनिता सिंह तथा विजय सिंहलगायत केही परिवारले सुरु गरेको यो पर्व निकै चर्चा परिचर्चा हुन् थालेको छ। अक्टोबर २७ तारिख बिहान प्रसाद बितरण गर्ने समेत कार्यक्रम रहेको छ।





Comments

comments

Leave a Reply

20302