आचार्यलाई विश्व मानवतावादी पुरस्कार

विजय थापा –

अमेरिकाको टेक्सस राज्यको ड्यालसमा नेपालीद्वारा संचालनमा रहेको हेल्प फर डेस्पेरेट एण्ड निडी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल ) का संस्थापक देवी आचार्य डेविड विश्व मानवतावादी पुरस्कार २०१७ द्वारा सम्मानित भएका छन्।

आचार्यलाई शुक्रवार ड्यालसमा एक समारोह बीच टेक्ससका गभर्नरले ग्लोबल हयूमानिटेरीएन अवार्ड २०१७ प्रदान गरेका हुन्।

टेक्ससका गभर्नर ग्रेग आबोटले अन्य बिबिध क्षेत्रमा बिशेष योगदान पुर्याउनेहरु व्यक्तित्वहरुलाई सम्मान गर्ने क्रममा पहिलो पटक उक्त पुरस्कार नेपालीलाई प्रदान गरेका हुन्।

टेक्सस राज्यको ड्यालस वरपर रहेका असहाय ,गरिव तथा घरबारबिहिन मानिसहरुलाई त्रैमासिक रुपमा खुवाउदै आएको हेल्प फर डेस्पेरेट एण्ड निडी पिपुल अन्तर्राष्ट्रियलाई बियोंड बाउनडरी एनुएल २०१७ अवार्ड विनर नामक समारोहमा आचार्यद्वारा संचालित एचडीएनपी इन्टरनेसनललाई अमेरिकामा मात्र नभई नेपालमा समेत मानवीय सेवा गरे वापत पुरस्कृत गरेको हो।

विश्व मानवतावादी पुरस्कार प्राप्त गरेपछि सामाजिक संजालमार्फत सम्मानित हुन पाएकोमा खुशी व्यक्त गरेका छन्। यसले थप उत्तरदायी ,कडा मेहनत र परिश्रम गर्दै घरबार बिहिन मानिसलाई खाना खुवाउनु र सेवा पुर्याउनु पर्ने महसुस भएको बताएका छन्।

आचार्यले आफूलाई यसमा योग्य ठानी सम्मान गरेकोमा कृतज्ञता ज्ञापन समेत गरेका छन्। स्थापना कालदेखि नै घरबाहरबिहिन मानिसहरुलाई त्रैमासिक रुपमा खाना खुवाउदै आएको छ भने यसको अतिरिक्त संस्थाले त्रैमासिक रुपमा रक्तदानको आयोजना गर्दछ । संस्थाले मानवीय सेवाको साथै उनीहरुको लागि स्वास्थ्य ,शिक्षा र जिविकोपार्जन गर्नेदेखि लिएर उनीहरुलाई सशक्तिकरण गर्ने काम पनि गरि रहेको छ।

हरेक महिनामा नेपालको पशुपतिनाथमा घरवारबिहिन तथा आफ्ना सन्तानबाट तिरस्कृत भएका बृद्धहरुलाई समेत बिशेष सहयोग प्रदान गर्दै आएको छ । हेल्प फर डेस्पेरेट एण्ड निडी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल ) अमेरिकीमा मुनाफारहित सामाजिक संस्थाको रुपमा दर्ता भएको छ।





Comments

comments

Leave a Reply

20314