झापा गोलीकाण्डको कारक ‘डीएसपीको हठ’

छठ पर्वको अन्तिम दिन शुक्रबार बिहान बिर्तामोडको सडकमा उदाउँदो सूर्यको पूजा गरेर खोलाबाट फर्किदै गरेका श्रद्धालुको लर्को थियो।

त्यो लर्कोको तुलनामा धेरै सानो संख्यामा अर्जुनधारा सर्वसाधारण गाउँकै एकजना बालक हत्याका अपराधीलाई कारबाही गर्न माग गर्दै जुजुश लगाउँदै चोकतिर आउँदै थियो।

यत्तिकैमा बिर्तामोड प्रहरीले जुलुशमा सहभागीलाई मात्रै होइन, छठका ब्रतालुलाई पनि लाठीचार्ज गर्नथाल्यो। यसरी अन्धाधुन्द लाठी वर्षाउने प्रहरीको ज्यादतीले अन्ततः बिर्तामोडलाई दिनभरी रणभूमी त बनायो नै, प्रहरी गोलीले एक जनाको ज्यान लियो। दर्जनौं घाइते भएको खबर नागरिक दैनिकमा छ।

दुई दिनदेखि बिर्तामोड कफ्र्यूको भरमा शान्त छ। ‘प्रहरीले कुरै नबुझी देखाएका बर्बरता नै बिर्तामोड गोलीकाण्डको मुख्य कारण हो,’ बिर्तामोड गोलीकाण्डका जनप्रतिनिधिदेखि सर्वसाधारणसम्म, दलका नेतादेखि व्यापारीसम्मले यही भनाई दोहोर्याइरहेका छन्।

‘प्रहरी खासगरी डिएसपी राजकुमार सिलवालले थोरै मात्रै संयम देखाएको भए यति ठूलो दुर्घटना हुने नै थिएन।,’





Comments

comments

Leave a Reply

20318