वाम गठबन्धनको आक्रामक चुनाव तयारीलाई चिर्न काँग्रेस यस्तो गर्दैछ

वाम गठबन्धनको आक्रामक चुनाव तयारी चिर्न कांग्रेसले लोकतान्त्रिक गठबन्धन अझै कस्ने भएको छ।

प्रदेश २ को चुनावका लागि उसले राजपा र संघीय फोरमसँग गठबन्धन तयारी गरेको हो । राजपा र फोरम यसअघि नै चुनावी गठबन्धनमा सामेल छन्।

कांग्रेसले राजपासँग चुनावी गठबन्धनका लागि दस्ताबेजको मस्यौदा अध्ययनका लागि पठाइसकेको छ । राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले त्यसलाई अध्ययन गरेपछि कांग्रेस-मधेसवादी गठबन्धनको औपचारिक घोषणा हुनेछ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवानिकट स्रोतका अनुसार पार्टीले नेता विमलेन्द्र निधि र मीनेन्द्र रिजालको अगुवाइमा मधेसवादी दलसित चुनावी गठबन्धन गर्न औपचारिक प्रस्ताव पठाएको खबर आजको अन्नपूर्ण पोस्टमा छ।

निधि स्वास्थ्यलाभका लागि काठमाडौं आएका छन् । प्रदेश २ को चुनाव मंसिर २१ मा हुने भएकाले रिजाल त्यसअघि मोरङको आफ्नै चुनावी क्षेत्रमा व्यस्त हुनेछन्।





Comments

comments

Leave a Reply

20719