एक करोड धरौटीमा छुटे शर्मा

कर फस्र्यौट आयोगका सदस्य–सचिव चुडामणी शर्मा एक करोड रुपैंयाँ बैंक ग्यारेन्टी बुझाएर तारेखमा छुटेका छन्। विशेष अदालतले मंगलवार नै शर्मासँग एक करोड रुपैंया धरौटी मागेको हो।

कर फस्र्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाल पनि एक/एक करोड रुपैंया धरौटी बुझाएर थुनामुक्त भइसकेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीनै जनामाथि कर फस्यौंटका क्रममा अनियमितता गरेको आरोपमा १० अर्ब ९६ करोड रुपैंयाका दरले विगो र जरिवाना माग गरी भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

विशेष अदालतका सदस्यहरु द्वारिकामान जोशीसहित रत्नबहादुर बागचन्द र नारायणप्रसाद पोखरेलको इजलासबाट एक करोड रुपैंयाका दरले धरौटी माग्ने आदेश भएको प्रवक्ता नगेन्द्रकेशरी पोखरेलले बताए ।

भ्रष्टाचार मुद्दाका अर्का दुई प्रतिवादी गत साता नै विशेष अदालतमा हाजिर भएका थिए। कान्तिपुरमा खबर छ।





Comments

comments

Leave a Reply

20792