कञ्चनपुरमा बिना मगर दोब्बर मतले विजयी

कञ्चनपुर : कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट वमगठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रकी नेत्री बिना मगर दोब्बर मत अन्तरले निर्वाचित भएकी छिन्।

आज बिहान सकिएको मतगणना अनुसार उनले कुल सदर भएको मतमध्य ३८ हजार ४ सय ६७ मत प्राप्त गरेकी छ्न्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिवान सिंह बिष्टले १९ हजार २ सय १९ मत प्राप्त गरेका छ्न्।

बिना मगर यसअघि २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा यसै क्षेत्रबाट पराजित भएकी थिइन्। सो निर्वाचनमा दिवान सिंह बिष्ट भन्दा ७ सय कम मत ल्याएर पराजित भएकी बिनाले अहिलेको निर्वाचनमा तिनै दिवान सिंह बिष्टलाई दोब्बर मत अन्तरले पराजित गरेकी हुन्। अन्नपूर्णपोष्टमा खबर छ।





Comments

comments

Leave a Reply

21043