कृष्ण सिटौलालाई हराउने लिङदेन मञ्चमै भक्कानिए

झापा, पुस २ । झापा क्षेत्र नम्बर ३ बाट विजयी भएका महामन्त्री राजेन्द्र लिङदेन प्रतिनिधिसभामा राप्रपाका एक मात्र सांसद हुन्।

उनलाई सम्मान गर्न शनिबार राप्रपा अध्यक्ष कमल थापासहित शीर्ष नेता झापा पुगे । सम्मान थापेपछि भाबुक बनेका लिङ्देन मञ्चमै भक्कानिए।

लिङ्देनले कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरेका हुन् । उनलाई बधाई दिन उपप्रधानमन्त्रीसमेत रहेका राप्रपा अध्यक्ष कमल थापा झापा पुगेका थिए।

विर्तामोडको अग्रसेन भवनमा आयोजित कार्यक्रममा बधाई तथा सम्मानपत्र लिएपछि बोल्न ड्यासमा उभिएका लिङदेन भक्कानिएका थिए।

उनी भावु्क बनेपछि हलमा उपस्थित धेरै नेता तथा कार्यकर्ताले पनि आँशु थाम्न सकेनन् । अवरुद्ध गलामा बोलेका उनले कमल थापालाई ‘देशले बुझ्न नसकेको नेता’को संज्ञा दिए।

कार्यक्रममा पार्टी अध्यक्ष थापालाई लिङदेनले बर्तमान युगको भीमसेन थापाको सज्ञा दिए। नयाँ पत्रिका दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

21154