वडाध्यक्षको भारतमा ४ वटा कोठी (यौनगृह), यसरी भयो खुलासा


वडाध्यक्षको भारतमा ४ वटा कोठी (यौनगृह), यसरी भयो खुलासा

महिला बेचबिखनको आरोमा प्रहरी हिरासतमा रहेका नुवाकोट दुप्चेश्वर गाउँपालिका १ का वडाध्यक्ष सुनबहादुर तामाङले भारतका विभिन्न ४ स्थानमा कोठी (यौनगृह) सञ्चालन गरेको तथ्य खुलेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले तामाङलाई बुधबार घ्याङफेदीस्थित वडाध्यक्षकै कार्यालयबाट पक्राउ गरेको खबर नयाँ पत्रिकामा छापिएको छ।

प्रहरीले पक्राउ गरेलगत्तै नुवाकोट दुप्चेश्वर गाउँपालिका १ का तीन जना पीडित महिलाले उनीविरुद्ध सिआईबीमा जोहरी दिएका छन्।

सिआईबीका प्रमुख डिआईजी पुस्कर कार्कीले सुनबहादुर मानव बेचबिखनको मुद्दामा पक्राउ परेको बताए । उनी दुप्चेश्वर वडा नम्बर १ का वडाध्यक्ष भएको उनले बताए।

प्रहरीका अनुसार तामाङले भारतको नयाँ दिल्लीस्थित जेबी रोडको गल्ली नम्बर ६४, पुनास्थित सोनागार्छे १५, कोलकत्ता र मुम्बई गरी चार ठाउँमा कोठी सञ्चालन गरिरहेका छन्।

उनको दिल्लीमा ३५, सोना गार्छेमा २७ कोलकत्तामा १५ र मुम्बईमा ८ जना युवतीहरू छन्। पीडितको बयानका आधारमा सबै कोठी उनकी श्रीमती राधा तामाले चालाइरहेकी छन्।





Comments

comments

Leave a Reply

21299