एक वर्षको बजेट चार महिनामै स्वाहा, कुन मन्त्रीले कति खर्च गरे?

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रीहरूको जिल्ला अनुगमन भ्रमणका लागि छुट्याएको बजेट पहिलो चौमासिकमै सकिएको जनाएको छ।

एक वर्षका लागि अनुगमन भ्रमण शीर्षकमा छुट्याएको बजेट चार महिनामै सकिएपछि अर्थ मन्त्रालयसँग थप एक करोड २० लाख रुपैयाँ माग गरेको छ। नयाँ पत्रिकामा खबर छ।

चालू आर्थिक वर्षका लागि सरकारले अनुगमन तथा मूल्यांकन खर्च शीर्षकमा एक करोड ३० लाख रुपैयाँ छुट्याएको थियो । त्यसमध्ये एक करोड २९ लाख ३२ हजार रुपैयाँ खर्च भइसकेको छ । २९ लाख बराबरको बिल स्वीकृत भइसकेको र बजेट अभावमा भुक्तानी नभएको मन्त्रिपरिषदको कार्यालयको भनाइ छ । यस्तै, करिब पाँच लाख बराबरको बिल स्वीकृत हुने प्रक्रियामा रहेको छ । मन्त्रिपरिषद्को कार्यालयसँग अब अनुगमन भ्रमण शीर्षकमा ६७ हजार तीन सय रुपैयाँ मात्र बजेट बाँकी रहेको जनाएको छ ।

कुन मन्त्रीले कति खर्च गरे ?
प्रधानमन्त्री, उनका सुरक्षाकर्मी र सचिवालयसहित जम्मा : ६२ लाख ३९ हजार ८६४ रुपैयाँ
विजयकुमार गच्छदार (स्थानीय विकास) : ४,८९,०३०
गोपालमान श्रेष्ठ (शिक्षा) : ६१,८५०
गिरिराजमणि पोखरेल (स्वास्थ्य–विनाविभागीय) : ३,५०,४३०
ज्ञानेन्द्रबहादुर कार्की (अर्थ) – २,४७,७००
फरमुल्लाह मन्सुर (श्रम) – १,५५,५३८
प्रभु शाह (सहरी विकास– विनाविभागीय) : ८७,८२०
सुनीलबहादुर थापा (उद्योग) : २,१४,५००
दिलनाथ गिरी (सहरी विकास) : २,४४,५७५
जितेन्द्र देव (पर्यटन तथा नागरिक उड्डयन) : ३,६३,१००
गोपाल दहित (भूमिसुधार तथा व्यवस्था) : ३,२१,५७०
मोहनबहादुर बस्नेत (सञ्चार) : १३०५५०
रामकृष्ण यादव (कृषि विकास) : १०६२००
महेन्द्र यादव (खानेपानी तथा सरसफाइ) : ६१४०००
अम्बिका बस्नेत (सहकारी तथा गरिवी निवारण) : १०२५०
वीरबहादुर बलायर (भौतिक पूर्वाधार तथा यातायात) : १७४३५०
मीनबहादुर विश्वकर्मा (वाणिज्य) : १८४४००
यज्ञबहादुर थापा (कानुन) : १०२४००
भीमसेनदास प्रधान (रक्षा) : ९२५०
सञ्जयकुमार गौतम (सिँचाइ) – २४३०५०
राजेन्द्रकुमार केसी (युवा तथा खेलकुद) : १६३२५०
टेकबहादुर बस्नेत (सामान्य प्रशासन – विनाविभागिय ) – १५०७५०
शिवकुमार मण्डल (आपूर्ति–विनाविभागीय) : २८४६००
महेन्द्रबहादुर शाही (ऊर्जा–विनाविभागीय) : ९००००
आशा कोइराला (महिला बालबालिका तथा समाजकल्याण– विनाविभागीय) : १५७९००
सन्तकुमार थारु (पशुपंक्षी– विनाविभागीय) : ३४८०००
मिथिला चौधरी (जनसंख्या तथा वातावरण) : २०४७६०
जयन्त चन्द (आपूर्ति) – २२४९५०

राज्यमन्त्रीहरू
कुन्ती शाही ः सहरी विकास ः २१८५५०
मोहम्मद जाकिर हुसैन (महिला बालबालिका–विनाविभागीय) ः २७५६५०
रामसिंह यादव (स्वास्थ्य–विनाविभागीय) ः २४३००
श्यामकुमार श्रेष्ठ (गृह–विनाविभागीय) ः १५८४५०
शम्भुलाल श्रेष्ठ (पशुपंक्षी) ः ६५७००
कर्णबहादुर विक (आपूर्ति–विनाविभागीय) ः ५३८५५०
छमबहादुर गुरुङ (सहरी विकास–विनाविभागीय) ः१०३६५०
गोमा कुँवर (पशुपंक्षी–विनाविभागीय) ः ३१७०००
ओङ्दी शेर्पा (सामान्य प्रशासन–विनाविभागीय) ः ७४१००
सीता गुरुङ (भौतिक पूर्वाधार तथा यातायात) ः १८८४५०
सरिता प्रसाई (कृषि विकास) ः १२६१००
शेषनाथ अधिकारी (शिक्षा) ः ५७०००
नरबहादुर चन्द (वाणिज्य) ः ३०३८५०
अब्दुल रज्जक गद्दी (खानेपानी तथा सरसफाइ) ः १६९३००
तप्तबहादुर विष्ट (सञ्चार) ः २७२८५०
कमलादेवी शर्मा (वन तथा भूसंरक्षण) ः १२४१८०
मरसिंह पुन (सिंचाइ) ः ५३७१५०
दिलमान पाख्रिन (कानुन) ः ७२१७५
उदयशमशेर राणा (अर्थ) ः २४०५०
डिल्लीबहादुर चौधरी (श्रम तथा रोजगार) ः १४९५००
चम्पादेवी खड्का ( सहकारी तथा गरिवी निवारण) ः १५०८५०
जनकराज चौधरी (स्थानीय विकास) ः ११४४००
सुमित्रा थारु (पर्यटन तथा नागरिक उड्डयन) ः २५९३००
यशोदाकुमारी लामा (भूमिसुधार तथा व्यवस्था) ः ७८९५०
रेशमबहादुर लामा (उद्योग) ः १२९६७०
कान्ता भटराई (महिला बालबालिका तथा समाजकल्याण) ः १५२४००





Comments

comments

Leave a Reply

21325