२५ लाख खर्च गरेर २२९ भोट मात्र

राष्ट्रिय जनमुक्तिबाट दाङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार ठाकुर रोकाले चुनावमा २५ लाख रूपैयाँ खर्च भएको विवरण जिल्ला निर्वाचन कार्यालयमा पेस गरेका छन्।

उक्त निर्वाचन क्षेत्रमा रहेका १० उम्मेद्वारमध्ये सबैभन्दा बढी खर्च गरेको उनले देखाएका छन्। निर्वाचन आयोगले तोकेको अधिकतम् खर्च गर्न पाउने रकम पनि २५ लाख नै छ।

रोकाले २५ लाख खर्च गरे पनि मत भने २२९ मात्रै पाए। यो मत परिणाम खर्च अनुसार निकै अस्वभाविक देखिन्छ। रोकाले आफूले प्राप्त गरेको मत कति भन्नेबारे थाहा नभएको प्रतिक्रिया दिएका छन्। नागरिक दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

21430