पोर्चुगलमा यसरी मनाइयो ल्होछार

वाई वि तमू –
लिस्वन – नेपालका आदिवासी तमूहरुले पोर्चुगलमा एक विशेष सास्कृतिक झाँकीसहित परमपरागत साँस्कृतिक पर्व ल्होसार भब्य रुपमा मनाईयो।

राजधानी लिस्वनमा सम्पन्न उक्त तमू राष्ट्रिय ल्होसार पर्वको लिस्वनका लागि नेपाली अवैतनिक बाणिज्यदूत मकर बहादुर हमाल तथा पोर्चुगलका लागि नेपाली पर्यटनदूत र तमू समाज पोर्चुगलका सस्थापक संरक्षक रमेश कुमार गुरुङले दिप प्रज्वलन गरि उदघाटन गर्नु भएको थियो।

तमू समाज पोर्चुगलका अध्यक्ष राजकुमार गुरुङको सभापतित्व तथा तमू समाज पोर्चुगलका सदस्य प्रितम गुरुङद्वारा संचालित उक्त ल्होसार कार्यक्रममा पोर्चुगल स्थित रहेका बिभिन्न संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले शुभकामना व्यक्त गरेका थिए।

यसरी ल्होसार कार्यक्रमको सफलताको सुभकामना दिने वक्ताहरुमा नारी समाज पोर्चुगलकी उपाध्यक्ष तथा नारी अधिकारकर्मी निरु ढकाल,गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष कुवेर कार्की, आइसीसी सदस्यद्वय पेम्बा शेर्पा तथा नरेन्द्र बहादुर हमाल,पोर्चुगलका लागि नेपाली पर्यटनदूत रमेश कुमार गुरुङ र कार्यक्रमका प्रमुख अतिथि लिस्वोनका लागि नेपाली अवैतनिक वाणिज्यदूत मकर बहादुर हमालले ल्होसार कार्यक्रमको सुभकामनासंगै तमू समाज पोर्चुगलले विगत १० वर्षदेखि पोर्चुगलको नेपाली समुदायबीच उच्च स्थान रहेको भन्दै प्रशंसा गर्नु भएको थियो।

ल्होसार पर्व अब मात्र तमू जातिहरुको होइन यो पर्व सम्पूर्ण नेपालीहरुको साझा पर्वको रुपमा विकसित हुदै गएको र यो ल्होसार पर्वलाई राज्यले राष्ट्रिय गौरवको पर्वका रुपमा लिदै गरेको जिकिर गर्दै एन आर एनए पोर्चुगलका अध्यक्ष कुवेर कार्कीले यो पर्व तमुहरुको मात्र नभई सिंगो नेपालीहरुको पर्व भएको र तमूलगायत अन्य जातिहरुको चाड पर्वहरुलाई राज्यले उचित सम्मान गर्नु पर्ने जोड दिदै पोर्चुगलमा मनाईने विविध सास्कृतिक पर्वहरुमा एनआरएनए,पोर्चुगलको तर्फबाट पूर्ण सहयोग गर्ने प्रतिवद्धता समेत जाहेर गर्नु भएको थियो।

आदिवासी जनजाती महासंघ,पोर्चुगलका अध्यक्ष नर भुपाल राईले ल्होसारको शुभकामना दिदै “अझै पनि नेपाल राज्यले हामी आदिवासीहरुको विविध सास्कृतिक चाडपर्व लगायत भाषा,सस्कार र संस्कृतिलाई अपनत्व हुने गरि स्वीकार गरेको अवस्था नभएकोले सम्पूर्ण आदिवासी जनजाति दाजुभाइ दिदीवहिनीहरु सचेत हुनु पर्ने तर्फ जोड दिदै अन्य जातिहरुले पनि सहयोग गर्नु पर्ने बताउनु भयो”।

आपसी मेल मिलाप,भाइचारा र सदभाव कायम राख्दै अगाडि बढ्न सुझाउनु हुदै पोर्चुगलका नेपाली पर्यटनदूत तथा तमू समाज पोर्चुगलका सस्थापक संरक्षक रमेश कुमार गुरुङले ” सवैलाई एक आपसमा मिलेर एकले अर्कोलाई रिस होइन माया र सदभाव प्रदान गर्दै सम्मुनत समाज निर्माण हुन सक्नेतर्फ सवैलाई अनुरोध गर्नु भएको थियो।

कार्यकमको पहिलो सत्रमा तमू समाज पोर्चुगलका उपाध्यक्ष हर्क बहादुर गुरुङले ल्होसार कार्यक्रममा उपस्थित सम्पूर्ण पाहुनाहरुलाई स्वागत गर्नु भएको थियो।

कार्यक्रमको दोस्रो सत्र अन्तर्गतको सास्कृतिक कार्यक्रममा पोर्चुगलमा बसोवास गर्ने कलाकारहरुले आफ आफ्नो प्रस्तुतीहरु प्रदर्शन गरेका थिए भने साँस्कृतिक कार्यक्रम तमू समाज पोर्चुगलका पूर्वअध्यक्ष तथा एनआरएनए, पोर्चुगलका उपाध्यक्ष कमल गुरुङले संचल गर्नु भएको थियो।

कार्यक्रममा संचारकर्मी तथा तमू समाज पोर्चुगलका सल्लाहकार तथा नेपाल पत्रकार महासंघ, युरोप साखा सदस्य तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), पोर्चुगलका उपाध्यक्ष वाई वि गुरुङ, तमू समाज पोर्चुगलका पूर्व अध्यक्ष तथा गैरआवासीय नेपाली संघ पोर्चुगलका उपाध्यक्ष कमल गुरुङ र कलाकार गायक बिष्णु क्षेत्री त्रयलाई बिशेष सम्मान गरिएको थियो।

बिगत केहि वर्षदेखि पोर्चुगललाइ कर्म थलो बनाउदै आएका नेपालका राष्ट्रिय कलाकारहरु बिष्णु क्षेत्री,अंकिता मगर,लाल मति गुरुङ,प्रेम गुरुङ,लिला गुरुङ,पूर्ण अर्याल,राजन गुरुङ र डिजे भट्टचन आदि कलाकारहरुले भरपुर मनोरंजन प्रदान गरेका थिए।

नेपालको राष्ट्रिय गीत तथा तमू राष्ट्रिय गीतबाट शुरु गरिएको औपचारिक कार्यक्रम राति ११ बजे सकिएको थियो भने बिभिन्न तमू नृत्यलगायत खानाका परिकारहरुसहित ल्होसार मेलाको रौनक निक्कै रमाईलो थियो।
कार्यक्रमको अन्त्यमा उपस्थित सम्पूर्ण अतिथि लगायत कलाकारहरुलाई अध्यक्ष राजा कुमार गुरुङले धन्यवाद दिनु भएको थियो।





Comments

comments

Leave a Reply

21485