‘गोर्खाल्यान्ड’ का नेता काठमाडौंबाट अपहरित

भारतको गोर्खाल्यान्ड आन्दोलनमा संलग्न एक जना नेता चारदिनदेखि काठमाडौंबाट अपहरणको शैलीमा वेपत्ता पारिएका छन्।

धापासीस्थित काका ससुरा प्रकाशचन्द्र मुखियाको घरमा आएका बेला गोर्खाल्यान्ड टेरेटोरियल एडमिनिष्ट्रसन (जीटीए) को बोर्ड सदस्य सञ्जय थुलुङलाई अपरिचित समूहले बसुन्धराबाट बेपत्ता बनाएको खबर कान्तिपुर दैनिकले छापेको छ।

थुलुङका काका ससुरा मुखियाले अज्ञात समूहले आफ्नी पत्नी सविता राइलाई समेत दुर्व्यवहार गरेको बताए।

थुलुङ गोर्खा जनमुक्ति मोर्चाको युवा संगठन गोर्खा जनमुक्ति युवा मोर्चाका पूर्वकेन्द्रीय उपाध्यक्ष समेत थिए। गाडीमा आएका अज्ञात व्यक्तिहरुले आफूहरु नेपाल प्रहरी भएको बताएको सवितालाई उद्धृत गर्दै मुखियाले जानकारी दिए। ज्वाईंको वेपत्ताबारे प्रहरी मुख्यालयमा समेत जानकारी गराइएको उनले बताए।

प्रहरीले भने घटनामा आफ्नो संलग्नता नरहेको दावी गरेको छ।





Comments

comments

Leave a Reply

21768