बेलायतमा गीत रेकर्ड गराईन् गायिका मिलन अमात्यले

भूमिराज राई / एचकेनेपाल डट कम –

ब्यस्त चर्चित गायिका मिलन अमात्य अहिले युकेमा छिन्। ई-मिडिया हब युकेको आयोजनामा युकेका बिभिन्न शहरहरुमा आयोजन हुँदै गरेको “एभरेष्ट म्युजिकल ब्लाष्ट २” कार्यक्रमका लागि २ हप्ताअघि युके उत्रिएकी गायिका मिलन अमात्यले ३ वटा कार्यक्रमहरुमा प्रस्तुती दिइसकेकी छिन्।

यही क्रममा एउटा गीतमा आवाज समेत रेकर्ड गर्न भ्याएकी छिन्।

युकेको भ्रमणमा पनि ब्यस्त गायिकाले समय मिलाएर भ्याएसम्म आफ्नो दैनिकी पनि पूरा गरिरहेको जानकारी दिइन्।

फेब्रवरी १० तारिख केन्टको आश्फोर्ड शहरमा आयोजना हुने चौंथो साँगीतिक कार्यक्रमको तयारीका क्रममा गायक तथा सँगीतकार बिसी राईसँग १० तारिख प्रस्तुत गर्ने तयारी रहेको गीतको रेकर्डिङ सम्पन्न गर्दै युकेमा पहिलो गीत रेकर्ड गर्दै अर्को रेकर्ड थपिएको खुशी गायिका मिलन अमात्यले फेसबुक मार्फत सार्बजनिक गरेकी छिन्।

जीबनसंग जीबनसँग सम्बधित गीत “कहाँको जन्म हाम्रो, कहाँको मरण….” बोलको गीतको रेकर्डिङ सम्पन्न भएको हो। गायक बिसी राईसँग मिलन अमात्यले रेकर्ड गरेको गीत १० फेब्रवरी साँझ बिशेष रुपमा प्रस्तुत गर्ने तयारी भएको छ।

केहि समयपछि म्युजिक भिडियो पनि निर्माणको तयारीमा रहेको “कहाँको जन्म हाम्रो, कहाँको मरण, का अलावा गायिकाले अन्य गीतहरु पनि रेकर्ड गर्ने तयारीमा छिन्।

फेब्रवरी १० मा आश्फोर्ड, १८ मा उलविच, ३ मार्चमा अल्डर्सट ५ मार्चमा फ्रान्सको पेरिसलगायत अन्य स्थानहरुमा पनि कार्यक्रम हुने तयारी भएको जानकारी गायिकाले दिएकी छिन्।

युके बसाई पनि ब्यस्त भएको प्रतिकृया दिंदै कामदेखि बिश्राम लिएर स्कटल्याण्ड र स्विजर्ल्याण्ड भ्रमणको योजना पनि बनिरहेको अमात्यले जानकारी दिएकी छिन्।

कान्तिपूर टिभीले आयोजना गर्ने म्युजिक अवार्डमा उत्कृष्ठ गायिकामा मनोनित भएकोप्रति सम्पूर्ण श्रोता र शुभचिन्तकप्रति गायिकाले धन्यबादसहित आभार प्रकट गर्दै सबैलाई धन्यबाद दिएकी छिन्। उनले सदा माया र आशिर्बाद मिलिरहने बिश्वास ब्यक्त गरेकी छिन्।

गायिका मिलन अमात्यको युके र युरोपको साँगीतिक यात्रा र भ्रमण सफल रहोस् हाम्रो शुभकामना।





Comments

comments

Leave a Reply

21951