ओलीको प्रस्तावमा राजपा र फोरमको ग्रिन सिग्नल

काठमाडौं – मधेसकेन्द्रित राजपा, नेपाल र संघीय समाजवादी फोरम, नेपालले केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने विषयमा ग्रिन सिग्नल देखाएका छन्।

संविधान संशोसध र मधेस मुद्दा सम्बोधन गर्न ओली लचिलो भए राजपा र फोरम सरकारमा साभागी हुने विषयमा छलफल गर्न सकारात्कम देखिएका हुन्।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री हुनुअघि राजपा अध्यक्षमण्डल संयोजक महन्थ ठाकुर र संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवसँग छुट्टछुट्टै भेट गरी आफ्नो नेतृत्वमा बन्ने सरकारलाई सहयोग गर्न आग्रह गरेका थिए।

स्रोतका अनुसार ओलीले ठाकुरसँग काठमाडौंको एक होटलमा र यादवसँग आफ्नै निजी निवास बालकोटमा कुराकानी गरेका थिए। आजको नागरिक दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

22098