यसरी मारिए गुण्डा नाइके मनोज पुन प्रहरी ‘इन्काउन्टर’ मा

बुटवल :  विभिन्न व्यक्ति हत्याको योजनाकारको आरोप लागेका मोस्ट वान्टेड सूचीमा रहेका गुण्डा नाइके मनोज पुन र निर्माण व्यवसायी शरदकुमार गौचनको हत्यामा संलग्न सोम आले प्रहरी इन्काउन्टरमा मारिएका छन्।

बुधबार बिहान रुपुन्देहीको देवदह नगरपालिका-४ भवानीपुरमा प्रहरी कारबाहीमा पुन र आले दुवैजना मारिएको रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीले जानकारी दिए ।

ज्ञवालीका अनुसार उनीहरु नेपाल आएको सूचनाका आधारमा सम्बन्धित इलाकामा सिआइबीले सर्च अभियन चलाएको थियो । सर्च अभियनामा गएको सिआईबीका अंगुर डिसीको टोलीमाथि पुन र आलेले फायरिङ गरेका थिए । प्रहरीले जवाफी फायरिङ गर्दा उनीहरु घाइते भएका थिए । घाइते पुन र आलेलाई लुम्बिनी अञ्चल अस्पतालले मृत घोषित गरेको हो । गोली लागे लगत्तै प्रहरीले उनीहरुलाई अस्पताल पुर्‍याएको थियो ।

पुनलाई युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी, निमार्ण व्यवसायीका अध्यक्ष शरदकुमार गौचन, बुटबलका फर्निचर व्यवसायी बसन्त पौडेलको हत्याका योजनाकारको आरोपमा पुन नेपाल प्रहरीको मस्टवान्टेड सूचीमा थिए ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनो सबैभन्दा सुरक्षित मानिने काठमाडौंको नयाँबानेश्वरस्थित शान्तिनगरमा दिनदहाडै गोली हानी हत्या गर्ने समूहका प्रमुख योजनाकारकारूपमा मनोज पुनबारे प्रहरीले विवरण सार्वजनिक गरेको थियो ।

२०७३ पुस ४ गते मा बुटवलमा युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या गर्ने समूहका योजनाकार पनि प्रहरीले उनैलार्इ मानेको थियो । गौचनको हत्यामा संलग्न १० जना भन्दा धेरैलार्इ प्रहरीले पक्राउ गरिसकेको थियो। प्रहरीले समिरमान सिंह बस्न्यात, उदयपुरका राजकुमार शाह, काठमाडौंका सुर्य बाजी र सिरहाका श्याम गुप्ता छन् । महानगरीय प्रहरी परिसरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

मनोज पुनको समूह २०७३ पुसमा रुपन्देहीस्थित देबदहका व्यवसायी तथा युवा संघका जिल्ला अध्यक्ष दुर्गाप्रसाद तिवारीको हत्यामा संलग्न मुख्य अभियुक्त थिए ।

गत साउनमै रुपन्देहीको मणीग्राममा व्यवसायी दुर्गालाल भण्डारीलाई पनि लक्षित गरि गोली प्रहार भएको थियो। तर भण्डारी बाँच्न सफल भएका थिए। यी घटनापछि पुनले आफूले गराएको बताएका थिए।

पुनको समूहले रुपन्देहीको देवदह नगरपालिका वडा नं ५ का स्थानीय व्यवसायीसमेत रहेका बलु भनिने वसन्त पौडेलको पनि यही पुसमा हत्या गरेका थिए ।

रुपन्देही देवदह खैरेनीका ४० वर्षीय वसन्त पौडेल बलुलाई देवदह–२ ढेकारमा रहेको आफ्नो काष्ठ उद्योगमा बसेर आगो तापिरहेका बेला शुक्रबार बिहान मोटरसाइकलमा आएका दुईजनाले गोली हानी हत्या गरेका थिए ।

मृतक पौडेल एमालेका स्थानीय कार्यकर्ता र रुपन्देही क्षेत्र नं १ का एमाले अध्यक्ष नीलकण्ठ पौडेलका छोरा थिए। घटनागत्तै गुण्डा नाइके मनोज पुनले स्थानीय सञ्चारकर्मीलाई टेलिफोन गरी पौडेलको हत्या आफ्नो समूहले गराएको भन्दै जिम्मा लिएका थिए । युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको पुनको योजनामा देवदहमै गोली हानी हत्या गरिएको थियो ।

को हुन मनोज पुन ?
व्यवसायी तथा एमालेको भातृसंगठन युवासंघ नेपालका जिल्ला अध्यक्ष दुर्गाप्रसाद तिवारीको हत्या गरेर चर्चामा आएका मनोज पुन विगतमा त्यही संगठनका स्थानीय नेता थिए ।

रुपन्देहीको देबदहका बासिन्दा पुन केही समय युथ फोर्सको क्षेत्रीय कोषाध्यक्ष पनि भए। उनी त्यो बेला पनि ठेक्कापट्टाको काम गर्थे। युवा संघमा हुँदा पनि उननले फिरौती र गुण्डागर्दीको धन्धा चलाइरहे । युथ फोर्सको नाम दुरूपयोग गरेको भन्दै उनी कारबाहीमा परे।

दुर्गा तिवारीसँग लेनदेनमा कुरा नमिलेपछि यी दुर्इको दुरी बढेको थियो । संगठनको कारबाहीमा परेपछि उनले तिवारीलाई नै पहिलो निशाना बनाउँदै हत्या गरिदिए।

हत्याको अघि पनि २०७२ फागुनमा दुर्गामाथि गोली हानिएको थियो। तर दुर्गा मुश्किलले बाँचेका थिए। २०७३ पुसमा भने उनले ज्यानै गुमाए ।

तिवारी हत्याप्रकरणपछि पुनको निर्शेदनमा अपराध गर्दै हिँड्ने १८ जना पक्राउ परे । तिवारीको हत्यापछि ६ जना र त्यसअघि फागुनमा तिवारीलाई गोली प्रहार हुँदा ८ जना पक्राउ परेका थिए। अन्नपूर्णपोष्टमा खबर छ।





Comments

comments

Leave a Reply

22155