अहिले हाम्रो नेता नै केपी ओली- वर्षमान पुन

माओवादी केन्द्रको समर्थनमा एमाले अध्यक्ष केपी ओली वाम गठबन्धनको तर्फबाट प्रधानमन्त्री बनेको एक साता वितिसकेको छ ।  तर गठबन्धनको मुुख्य घटक माओवादी सरकारमा संलग्न् भएको छैन ।

पार्टीभित्रै आन्तरिक विवाद र एमालेसँगको पदीय भगबन्डाको अन्तिम छिनोफानो नभएकाले सरकार विस्तारमा विलम्ब भईरहेको हो।

यसै सन्दर्भमा सरकार विस्तार र पार्टी एकतासम्बन्धी दुवै काममा उत्तिकै सक्रिय भुमिका निर्वाह गरिरहेको माओवादी केन्द्रका नेता बर्षमान पुनसँग कान्तिपुरका लागि दुर्गा खनालले शनिबार गरेको कुराकानीको केहि अंश :

पार्टी एकतामा नेता कार्याकर्ताको व्यवस्थापन कसरी हुन्छ ? 
हामी करिव ५० बर्ष अलगअलग स्कुलिङमा हुर्किएका पार्टी हौँ । त्यैले संयम र धैर्यतासाथ अघि बढ्नुपर्ने हुन्छ ।
दुवै पार्टीमा विभिन्न प्रतिक्रिया आएका छन्।

कसले के छोड्यो हिलो तर हामी सबैले अहिले नेतृत्वलाई शंकाको लाभ दिऔं । एकता हुँदा कोही घटुवा हुने वा कोही बढुवा हुने भन्ने होईन, यसबाट बेखुसी पनि हुनुपर्दैन । सबै वरिष्ठ नेता कार्यकर्ता सबैलाई उचित कार्यविभाजन र सम्मानित हुने अवस्था सिर्जना गर्छौँ । यसले सबै तहका नेताहरुले ईतिहास लिएको यो परीक्षामा उत्तीर्ण हुने कोसिस गरौँ भन्ने मेरो आग्रह छ ।

पार्टी एकता कहिलेसम्म भईसक्छ ? 
दुई कार्यदलले १५ दिनको समय पाएका छन् ।
अव तया अवधिभित्रै हामी हाम्रो प्रतिवेदन र सुझाव तयार गर्छौ । अनि नेतृत्वमा छलफल गरेपछि चैतको पहिलो साता एकतामा पुगौँला ।
सुरुमा केन्द्र, त्युसपछि प्रदेश, जिल्ला र पेसागत संगठनको एकीकरण गर्ने विधि हुन्छ ।

माओवादी सरकारमा समामेल हुन किन ढिलाई गरिरहेको छ ? 

पालिहे गठबन्धन बनाउँदा सरकार बन्छ, अनि पार्टी एकता हुन्छ भन्ने कल्पना थियो ।
तर निर्वाचन प्रक्रिया लम्बिएपछि हामी एकता प्रक्रियामा केही आरोह अवरोह देखियो । अनि त्यही बीचमा सरकार बनाईहाल्नुपर्ने भयो ।
त्यसैले दुवै दलबीच सबै विषयमा कुरा टुंगिसकेको थिएन ।
अव मन्त्रालय बाँडफाँट करिब भईसकेको छ ।
प्रधानमन्त्रीले चाहेको समयमा अब सरकार विस्तार भईहालछ । माओवादी तयार अवस्थामा छ ।

कुन मापदण्डका आधारमा रोस्टर बनाइएको छ ?
सातवटा प्रदेश छन्, त्यसैले ती सबैको प्रतिनिधित्व होस् भन्ने छ । त्यसैगरी अहिलेको सरकारसँग विकास र सुशासनको अपेक्षा छ । धेरै नै काम गर्नुपर्नेछ । जनताको अपेक्षा असाध्यै माथि हुने तर हामीले त्यसअनुसार गर्न सकेनौं भने ठूलो निराशा आउने हो कि भन्नेमा हामी चिन्तित छौं । त्यसैले अलि वरिष्ठ र पहिले नेतृत्वको अनुभव भइसकेका र नयाँ साथीहरू मिसाएर पठाउँछौं । अहिले हाम्रो नेता नै केपी ओली हो । तर एकता घोषणा नहँ‘दासम्म हाम्रो पार्टीको अलग अस्तित्व छ । त्यसैले तत्कालका लागि हाम्रोतर्फको नेतृत्व रामबहादुर थापाले गर्नुहुन्छ जस्तो छ ।





Comments

comments

Leave a Reply

22220