मयेरविरुद्ध उपमेयर अनशनमा

आफ्नै मेयरविरुद्ध आमरण अनशनमा बसेकी हंसपुर नगरपालिकाकी उपमेयर रेणु झाको स्वास्थ्य अवस्था बिग्रेपछि अस्पताल भर्ना गरिएको छ।

दुई दिनदेखि अनशन बसेकी उपमेयर झालाई सोमबार जनकपुर अञ्चल अस्पताल भर्ना गरिएको खबर आजको नयाँ पत्रिकामा छ ।

हंसपुर नगरपालिकाको केन्द्र सार्ने विषयमा मेयर रामज्ञान मण्डल र उपमेयर झाबीच विवाद भएपछि कार्यालयमा तालाबन्दी भएको छ । बघचौडामा रहेको नगरपालिका कार्यालय मेयर मण्डलले अन्यत्र सार्न लागेको भन्दै उपमेयर झाले विरोध जनाएकी हुन् ।

नगरपालिका मेयर र उपमेयर दुवै राजपा नेपालका हुन् । मण्डलले आफूलाई जानकारी नै नदिई विशेष नगरसभा बोलाउने तयारी गरेको उपमेयरको आरोप छ । बाघचोडमा रहेको नगरपालिकाको कार्यालयलाई अन्य स्थानमा सार्न खोजेको भन्दै झाले अनशन थालेकी हुन् ।

उपमेयर झाले केही दिनअघि मेयरबाट आफूमाथि असुरक्षा रहेको भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन नै दर्ता गराएकी छिन् । ‘दुई महिनाअघि सम्पन्न प्रथम नगरसभाको हरहिसाबसमेत मलाई स्पष्ट रूपमा जानकारी गराइएको छैन,’ उनले भनिन् ।





Comments

comments

Leave a Reply

22483