कांग्रेस नेता खड्काको दीर्घायु माग्दै प्रार्थना

दाङ – शनिबार तुलसीपुरस्थित कालिका मन्दिर प्रांगणमा युवा विद्यार्थीको ठूलो जमघट थियो। चिन्तित मुद्रामा देखिने उनीहरू पूजाको व्यवस्थापन गर्दै थिए।

केहीबेरपछि रुद्री पूजामा सक्रिय बने। केही मन्दिर परिसरमा लम्पसार पर्दै दीर्घायु माग्दै थिए। केहिले भगवानको मूर्तिलाई हात जोडेर बिन्ती गर्दै थिए। झन्डै एक घन्टा उनीहरु ‘विकासप्रेमी नेतालाई केही नहोेस्’ भन्दै भाकल गर्न थाले । मन्दिरमा गई स्वास्थ्य कामना गरिएका नेता थिए कांग्रेसका खुमबहादुर खड्का।

दाङमा विकासप्रेमी नेता खड्काको स्वास्थ्य अवस्था नाजुक बनेको समाचारले निकै दुःखित तुल्यायो,’नेविसंघका सुबास डाँगीले भने, ‘उहाँको स्वास्थ्य लाभका लागि मन्दिरमा गएर भगवानसँग प्रार्थना गरेका हौँ।’

तुलसीपुरकै कृष्ण मन्दिरमा पनि अर्को दिन उस्तै प्रार्थना गर्नेहरुको ताँती देखिन्थ्यो। विकासप्रेमी नेता खड्काको स्वास्थ्यलाभको कामना गर्दै उनीहरूले पनि उसैगरी घन्टौँ प्रार्थना गरेका थिए। गाउँलेहरू भेला भएर खड्काको जीवनरक्षाको माग गर्दै रुद्री पाठसमेत गरेका थिए।

गत बुधबारदेखि स्वास्थय अवस्था नाजुक रहेका कांग्रेस नेता खड्काको स्वास्थ्य सुधारका लागि उनको गृह जिल्लामा दिनानुदिन उनका समर्थक तथा शुभेच्छुक मन्दिर पुगेर उनको सुस्वास्थ्यका लागि कामना गरिरहेका छन्।

दुवै मृगौला प्रत्यारोपण गरेका खड्का गत बुधबारदेखि सिकिस्त छन्। उनको अहिले भारत नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार भैरहेको छ। स्वास्थ्य अवस्था नाजुक रहेका खड्काको भेन्टिलेटरमा राखेर उपचार भैरहेको खबर नागरिक दैनिकमा छ।





Comments

comments

Leave a Reply

22554