यस्तो बन्दै छ ओलीको राजकीय भारत भ्रमण

अहिलेसम्मको तयारीअनुसार प्रधानमन्त्री ओलीले चैत २३ देखि २५ सम्म भारतको राजकीय भ्रमण गर्दै छन्।

ओलीको सम्मानमा नेपाली दूतावासले २३ चैतमा रात्रिभोज आयोजना गर्दै छ, दिल्लीमा त्यसको तयारी हुँदै छ ।

२४ चैतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ओलीको सम्मानमा दिवाभोज आयोजना गर्ने कार्यक्रम छ।

दिवाभोजअघि ओली र मोदीबीच एकान्त वार्ता हुनेछ भने त्यसपछि औपचारिक प्रतिनिधिमण्डलस्तरीय वार्ता हैदरावाद हाउसमा हुनेछ ।

लगत्तै संयुक्त पत्रकार सम्मेलन हुनेछ । सोही दिन ओलीले राष्ट्रपति रामनाथ कोविन्द र उपराष्ट्रपति बैंकया नायडुसँग भेटवार्ता गर्दै छन् । राष्ट्रपति कोविन्दले ओलीको सम्मानमा स्टेट डिनर दिने तयारी भएको छ।

निर्वाचनमार्फत राजनीतिक संक्रमण सम्पन्न भईसकेको अवस्थामा अब ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आर्थिक विकासका मुद्धामा छलफल गर्ने गरी कुटनीतिक तयारी भईरहेको नयाँ पत्रिकामा खबर छ।





Comments

comments

Leave a Reply

22571