प्रगति विवरण सार्वजनिकः गृहमन्त्रीले ५० दिनमा के के गरे?

गृहमन्त्री रामबहादुर थापा बादलले मन्त्रालयको कार्यभार सम्हालेयताका प्रगति विवरण सार्वजनिक गरेका छन्।

मन्त्रालय सम्हालेको ५० दिनमा ५० वटा महत्वपूर्ण काम गरेको उनले जनाएका छन् । प्रतिवेदनमा गृह प्रशासन, प्रहरी, अध्यागमन, कारागार, सुशासनलगायत क्षेत्रमा महत्वपूर्ण सुधारका काम भएको उल्लेख छ ।

प्रतिवेदनअनुसार ८२ बुँदे ‘गृह प्रशासन सुधार कार्ययोजना २०७४’ सार्वजनिक भएको, यातायात क्षेत्रमा रहेको सिन्डिकेट तोड्न यातायात व्यवसायी समितिले संस्था दर्ता ऐन, २०३४ अनुसार जिल्ला प्रशासन कार्यालयबाट हाल गैरसरकारी संस्थाका रूपमा गर्दै आएको दर्ता तथा नवीकरण कार्य रोक्नेसम्बन्धी गृहमन्त्रीस्तरीय निर्णय भएको र सोसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लगिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तस्करी गरेर नेपाल ल्याइएको भनिएको साढे ३३ किलो सुनकाण्डमा एकजनाको अपहरणपछि हत्या भएको घटनामा गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित छानबिन समिति गठन भएको जनाइएको छ। नयाँ पत्रिकामा खबर छ।





Comments

comments

Leave a Reply

22870