जस्टिन बाइबर महिला शौचालय छिरेपछि…

चर्चित गायक जस्टिन बाइबर अमेरिकाको चर्चित फास्टफुड चेन रेस्टुरेन्ट ‘टाको बेल’ स्थित महिला शौचालयबाट बाहिर निस्कँदै गरेको फोटो सामाजिक सञ्जालमा भाइरल छ।

गत अप्रिल १९ मा फोटोपत्रकारले उनलाई यस्तो अवस्थामा क्यामेरामा कैद गरेका हुन्। नयाँपत्रिकामा खबर छ।

२४ वर्षीय बाइबर किन महिला शौचालयमा छिरे ? के उनी अन्य पुरुषका अगाडि पिसाब फेर्न चाहँदैनन् वा पुरुष शौचालय प्याक भएका कारण उनले महिला शौचालय प्रयोग गरे ? भन्ने कुरा खुलेको छैन । बाइबर फोटोमा गम्भीर देखिन्छन् । सायद, उनलाई गल्ती गरेको महसुस भएको हुन सक्छ । उनी झुक्किएर महिला शौचालयमा छिरेको हुन सक्ने अनुमान गरिएको छ ।

‘महिलाहरूले खुला ठाउँमा बाइबरलाई भेटे भने उनीहरू पक्कै दंग पर्नेछन् र उनलाई अँगालो हाल्नका लागि युवतीको भिड लाग्नेछ । तर, महिला शौचालय त्यसका लागि उपयुक्त स्थान होइन,’ अन्तर्राष्ट्रिय सञ्चारमाध्यम द हलिउड लाइफले ठट्यौली शैलीमा लेखेको छ । जेहोस्, स्वादिस्ट परिकारका लागि प्रसिद्ध टाको बेलमा बाइबरलाई ज–जसले देखे उनीहरू खानाको स्वादसँगै विश्व चर्चित सेलेब्रिटीसँग भेट्न पाउँदा थप हर्षित भएको हुनुपर्छ ।





Comments

comments

Leave a Reply

22926