विप्लवका कार्यकर्ता छा्ड्न आदेश

उच्च अदालतले नेकपा विप्लव समूहका कार्यकर्तालाई पक्राउ गरी थुनामा राख्नु गैरकानुनी भएको भन्दै सोमबार थुनामुक्त गर्न आदेश गरेको छ।

न्यायधीशद्धय ओमप्रकाश मिश्र र प्रकाशमान सिंह राउतको संयुक्त ईजलासले थुनामा राख्नुपर्ने कुनै कारण र आधार नदेखिएको भन्दै पक्राउ परेका ७ जनालाई थुनामुक्त गर्न आदेश गरेको खबर नागरिक दैनिकमा छ।

यसअघि सर्वोच्च अदालतले सरकारलाई विप्लव समूहका कार्यकर्तालाई पक्राउ गर्नुको कारण बन्दीसहित अदालतमा उपस्थित हुन आदेश गरेको थियो।





Comments

comments

Leave a Reply

23330