अवैध बालगृह सञ्चालक पक्राउ

रुकुम – अवैध रुपमा बालगृहमा राखिएका ३३ बालबालिकाको उद्धार गरिएको छ।

मुसीकोट नगरपालिका १ बागबजारमा सञ्चालित नरसिंह हिमालय अनाथ बालगृहबाट शनिबार जुम्लाका २४ र रुकुम पूर्वका ९ जना बालबालिकाको उद्धार गरिएको खबर नेपाल समाचारपत्रमा छ।।

बालगृह सञ्चालक विवेक बुढा पनि पक्राउ परेका छन् ।

शनिबार जिल्ला बाल कल्याण समिति, मुसीकोट नगरपालिका र जिल्ला प्रहरी कार्यालयले मापदण्ड नपुर्याएर सञ्चालन गरिएको बालगृहका बालबालिकाको उद्धार गरि घर फर्काएका हुन्।





Comments

comments

Leave a Reply

23379