प्रधानमन्त्री ओलीको यस्ता छन् चीन भ्रमणका एजेन्डा

काठमाडौं – प्रधानमन्त्री केपी ओलीको ५ असारदेखि हुने चीन भ्रमणमा दुई देशबीच ऊर्जा सहयोग तथा समन्वयसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर एजेन्डा बन्ने निश्चित भएको छ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले समझदारीपत्रको मस्यौदालाई पारित गरेको खबर नयाँ पत्रिकामा छ।

बैठकले दुई देशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्न समझदारी गर्ने अख्तियारी ऊर्जामन्त्रीलाई दिएको छ ।

भ्रमणका एजेन्डा

-मितेरी र रसुवागढी पुल निर्माण सम्झौता
-गल्छी–रसुवागढी–केरुङ प्रशारण लाइन
-किमाथांका अरुण जलविद्युत् आयोजना
-‘तिब्बेतियन हाइवे’मा ढुवानी सुविधा
-काठमाडौं–केरुङ रेलमार्ग निर्माण समझदारी
-रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग





Comments

comments

Leave a Reply

23588