चिकित्सक र नर्सलाई बेलायत जान सजिलो

लन्डन – बेलायत सरकारले युरोपेली युनियन (ईयू) बाहेकका मुलुकबाट आउने चिकित्सक तथा नर्सका लागि अध्यागमन नीति खुकुलो बनाउने भएको छ ।

ब्रिटेनको नेसनल हेल्थ सर्भिस (एनएचएस) ले चिकित्सक तथा नर्सहरुको बढ्दो अभाव झेलिरहेका बेला सरकारले दक्ष कामदारको भिसा रुट सहज बनाउन लागेको खबर कान्तिपुरमा छ।

सरकारले उसअघि ईयूबाहेकका मुलुकबाट चिकित्सक तथा नर्सहरु बेलायत आउनुपरे टियर टु अन्तर्गत आवेदन दिनुपर्थ्यो जसमा २० हजार ७ सय बार्षिक कोटा थिए।

वर्तमान प्रधानमन्त्री टेरेना मे गृहमन्त्री छँदा आप्रवासी नियन्त्रणकै हिस्सा स्वरुप सन् २०११ मा उनले यो सीमा तोकेकी थिइन् ।

तर अब डाक्टर, नर्सहरुमा त्यो सीमा लागू नहुने भएपछि एनएचएसले हजारौं मेडिकल स्टाफ भर्ना गर्न सक्छ।





Comments

comments

Leave a Reply

23623