शेष घलेलाई थाईल्याण्डमा सम्मान, घलेद्वारा फ्यान्स अफ नेपाल परियोजनाको उद्घाटन

एचकेनेपाल डट कम संवाददाता-
गैरआवसीय नेपाली संघ थाईल्याण्डले एक बिशेश भेलाको योजना गरि संघका अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष शेष घलेलाई सम्मान गरेको छ। जून २३ मा बैंककस्थित होलिडे इन होटेलमा आयोजित नेपाली समुदायको बिशेष भेलाबीच अध्यक्ष घलेले एनआरएन थाईलेन्डको फ्यान्स अफ नेपाल (Fans of Nepal) परियोजनाको उद्घाटन गर्नुभएको थियो। मन्तब्य ब्यक्त गर्दै अध्यक्ष घलेले, एन आर एन थाईलेन्डका कार्यक्रमहरु नविनतम र अन्य देशका भन्दा पृथक रहेको भन्दै बिश्वभारिकै राष्ट्रिय परिषदहरुको लागि अनुकरणीय रहेको बताउनु भयो।

कार्यक्रममा बोल्दै गैरआवसीय नेपाली संघ थाईलेन्डका अध्यक्ष खगेन्द्र राज ढकाले फ्यानस अफ नेपाल परियोजना नेपाललाई सहयोग गरिरहेका, नेपाललाई माया गर्ने, र नेपालको बारेमा जान्न उत्सुक थाई एबम बिदेशी नागरिकहरुका लागि तय गरिएको एक फोरम भएको बताउनु भयो। ढकालका अनुसार उक्त फ्यानस अफ नेपालले हरेक महिना एक डिनर टक राख्ने र नेपालको पर्यटन, लगानी र व्यापारसंग सम्न्धित कुनै पनि पूर्वनिर्धारित बिषयमा बिदेशी नागरिकले ३० मिनेट लामो प्रस्तुति गर्ने छन्। गैरआबसीय नेपाली संघ थाईलेन्ड राष्ट्रिय समन्वय परिषद को बैठकले उक्त परियोजना संचालन गर्नको लागि संघका संस्थापक अध्यक्ष एबम संरक्षक रमेश श्रेष्ठ र नेपाललाई लामो समयदेखि सहायोग गर्दै आएका अमेरिकी नागरिक स्टिभ भान बीकलाइ संयोजक तोकिएको छ भने परियोजना संचालनको लागि नेपाली थाई र अन्य बिदेशी नागरिक सम्मिलित परियोजना संचालन बोर्ड गठन गरिएको छ। उक्त बोर्डमा आसजिता अवाले (नेपाली), किम्बरली तिमिल्सिना (क्यानाडा), मेघा चन्द (नेपाली), प्रिचाया सिंह (थाई) , विजय अवाले (नेपाली) , नारोंगरिट मोंगकोलपाक(थाई) ,रविन महर्जन (नेपाली), र केदार तिमिल्सिना (नेपाली) सदस्य सचिब को रुपमा रहेका छन्। उक्त परियोजनाको सल्लाहकार परिसदमा रमेश हमाल, खगेन्द्र राज ढकाल, दन बन्धु रेग्मी, बिजय आचार्य र कुमार कार्की रहेका छन्।

त्यस्तै गरी उक्त भेलाको बीच एनआरएन थाईलेन्डले केही महिना अगाडि स्थापित आफ्नो शैक्षिक सहयोग कोष (Education Helpline Fund) बाट असहाय बालबालिकाको लागि शिक्षा (Education for Disadvantaged Children ) परियोजना ल्याउने पनि घोसना गरेको छ। उक्त नयाँ परियोजनाको प्रशंसा गर्दै अध्यक्ष घलेले दुइ हजार डलर सहयोग पनि प्रदान गर्नु भएको थियो। उक्त परियोजनाको संचालनको लागि एनआरएन थाइलेण्डका अध्यक्ष खगेन्द्र राज ढकाल, उपाध्यक्ष दिल बहादुर थापा (हरि) महासचिब केदार प्रसाद तिमिल्सिनाको एक समिति बनाइएको छ। हालसम्म उक्त कोषमा करिब १० लाख नेपाली रुपैयाँ संकलन भैसकेको जनाइएको छ।

भेलालाई युनिशेफ थाईलेन्डका प्रमुख विजयराज भण्डारी , गैरआवासीय नेपाली संघ म्यान्मारका अध्यक्ष सागर घिमिरे, गैरआबसीय नेपाली संघ थाईलेन्डका संस्थापक अध्यक्ष एबम संरक्षक रमेश श्रेष्ठ, गैरआबसीय नेपाली संघ थाईलेन्डका पूर्व अध्यक्ष एबम संरक्षक रमेश हमाल, गैरआबसीय नेपाली संघ थाईलेन्डका संरक्षक डेभिड खनाल, नेपाल एम्बेसीका प्रतिनिधि अम्बर बहादुर कार्की, गैरआबसीय नेपाली संघ थाईलेन्डका उपाध्यक्ष एबम नेपाली समाज फुकेटका अध्यक्ष फानुफोङ्ग लिम्बु प्र्सेटकुल (डेङ्ग लिम्बु ) , गैर आबसिय नेपाली संघ थाईलेन्डका पूर्व अध्यक्ष एबम आइ सी सी प्रतिनिधि मनोज राना, एबम उपाध्यक्ष दिल बहादुर थापा (हरि) ले अध्यक्ष घलेको सम्मानमा आयोजित उक्त भेलामा शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो भने एनआरएन थाईलेन्डका महासचिब केदारप्रसाद तिमिल्सिनाले एनआरएन थाईलेन्डको हालसम्मको प्रगतिबिबरण पेश गर्नु भएको थियो। त्यस्तै गरि एनआरएन थाईलेन्डका अध्यक्ष खगेन्द्र राज ढकालले एनआरएन थाईलेन्डका भाबी योजनाहरु र चुनौतिहरुको बिसयमा प्रष्ट्रयाउनुभएको थियो।

अन्तर्रक्रिया कार्यक्रममा लामो समयदेखि थाईलेन्ड बस्दै आउनुभएका नेपालीहरुको उचित पहिचान र सरकारी एनआरएन कार्डको लागि नेपाली मूलका बिदेशी नागरिकहरुले अध्यक्ष समक्ष माग गर्नुभएको थियो। उनीहरुको मागलाइ महत्वका साथ समन्धित निकायमा पहल गर्ने विश्वास अध्यक्ष घलेले भेलामा बोल्दै दिलाउनु भकेको थियो। त्यस्तै गरेर थाईलेन्डलाई ट्रान्जिट पोइन्ट बनाएर नेपालीहरुद्वारा हुने गरेका लागि पदार्थको वोसार पसार, मानब बेच बिखन र ठगिलाई न्युन गराउने एनआरएनहरुले अध्यक्ष घलेसंग जोडदार माग गरेका थिए। घलेले सरकारी एबम गैरसरकारी संस्थारूसंग मिलेर उक्त समस्याहरुलाई न्यूनीकरण गर्ने प्रयास गर्ने जानकारी गराउनु भयो।

सोही दिन अध्यक्ष घलेको सम्मानमा एनआरएन थाईलेन्डले होलिडे इन होटेलमा एक रात्रि भोजको पनि आयोजना गरेको थियो। उक्त रात्रिभोजमा नेपाली दूताबास र अन्य नेपाली संघ संस्थाका प्रतिनिधिहरु र एनआरएनको कार्यक्रममा उपस्थित सबैले भाग लिएका थिए।





Comments

comments

237