माथिल्लो मर्स्याङ्दी २ अब चीनले बनाउने

भारतीय कम्पनी गान्धी मल्लिकार्जुना राव (जीएमआर) इनर्जी लिमिटेडले १ दशकसम्म ‘होल्ड’ राखेको माथिल्लो मर्स्याङ्दी २ जलविद्युत् आयोजनाको निर्माण अब चिनियाँ कम्पनीले गर्ने भएको छ।

६ सय मेगावाटको यो आयोजनामा मनाङको नासों गाउँपालिकाको सिरानतालमा बाँध बाँधेर मर्स्याङ्दी गाउँपालिका ४ ताघ्रिङको स्याँगे नजिकै पावर हाउस निर्माण गरी विद्युत् उत्पादन गरिनेछ । लगानी जुटाउन नसकेपछि आयोजना १ दशकसम्म जीएमआरले थाती राखेको थियो।

उक्त आयोजनाको लाइसेन्स एक महिनाअघि जीएमआर समूहको हिमताल हाइड्रोपावर कम्पनीसँग बुटवल पावर कम्पनी (बीपीसी) ले किनेको छ।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा बुधबार चिनियाँ कम्पनी र नेपाली निजी कम्पनी बीपीसीका अधिकारीबीच आयोजना संयुक्त लगानीमा निर्माण गर्ने लिखित सम्झौता भएको हो।

चिनियाँ कम्पनी र बीपीसीबीच माथिल्लो मर्स्याङ्दी २ जलविद्युत् आयोजना निर्माणका लागि ‘फ्रेमवर्क’ एग्रिमेन्ट भएको छ । बीपीसीका अध्यक्ष पद्म ज्योति र सिचुवान इन्भेस्टमेन्ट ग्रुप, सिङचेङ इन्टरनेसनल इन्भेस्टमेन्ट कम्पनी लिमिटेड र क्यूवाईईसीबीच सम्झौता भएको खबर कान्तिपुरमा छ।





Comments

comments

Leave a Reply

23759