डा.केसी भन्छन् – माग पूरा नभए मर्न तयार छु !

डा. गोविन्द केसीले आफ्ना माग पूरा नभए कर्णालीमै मर्न तयार रहेको बताएका छन्।

स्वास्थ्य शिक्षा सुधारका मागसहित अघिल्लो शनिबारदेखि आमरण अनशन बसेका केसीले कर्णालीका जनता र विद्यार्थीमाथि सरकारले खेलबाड गरिरहेको बताए।

‘राज्यले कर्णालीका जनताको स्वास्थ्य र शिक्षामा ध्यान नदिएकाले आमनेपालीको ध्यान केन्द्रित गर्न पवित्र भूमि कर्णालीमा मर्न तयार छु,’ उनले भने, ‘सरकारले चिकित्सा शिक्षा ऐन जस्ताको त्यस्तै र विगतमा भएका सम्झौताका आधारमा नल्याएसम्म सत्याग्रह जारी रहनेछ ।’

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयू कक्षमा अनशनरत डा. केसीको स्वास्थ्य बिग्रँदै गएको खबर कान्तिपुर दैनिकमा छ।

आमरण अनशनको आठौं दिन पुग्दा उनको स्वास्थ्यमा विभिन्न समस्या देखिएको उपचारमा संलग्न चिकित्सकको टोलीले जनाएको छ । अहिले उनको शरीरको मासु बाउँडिने, चक्कर लाग्ने, सेतो रक्तकोष क्रमिक रूपमा घट्ने र पिसाबमा किटोन बढी देखिन थालेको चिकित्सकले जानकारी दिएका छन्।





Comments

comments

Leave a Reply

23938