प्रचण्डको निर्वाचन क्षेत्रमा डेढ अर्बको आयोजना

चितवन – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र चितवन-३ मा डेढ अर्ब रुपैयाँ बराबरको दुई आयोजना निर्माणका लागि सम्झौता भएको छ।

सघन सहरी विकास कार्यक्रमअन्तर्गत कालोपत्रे सडक तथा ढल निर्माण कार्य आयोजनाका लागि सम्झौता भएको खबर नयाँ पत्रिका दैनिकमा छ।

समाचार अनुसार, ढल निर्माण कार्यअन्तर्गत भरतपुर महानगरपालिकामा रिङरोड बनाइने भएको छ।

प्याकेज १ को सम्झौता गत १५ असार र प्याकेज २ को सम्झौता २६ असारमा भएको हो। दुवै प्याकेजको काम ०७७ असार मसान्तसम्म सक्ने सम्झौतामा उल्लेख छ।





Comments

comments

Leave a Reply

24012