फेक रेस्क्युको नाममा ठगी धन्दा, प्रतिपर्यटक ५० हजार डलरसम्म असुल

काठमाडौ – पदयात्री पर्यटकलाई बिरामी बनाएर फेक रेस्क्यु गर्दै प्रतिपर्यटक ५० हजार डलरसम्म बिमा कम्पनी हुँदै पुनर्बिमा कम्पनीबाट असुल गर्ने गरेको रहस्य खुलेको छ।

लामो समयदेखि ट्रेकिङ कम्पनी, गाइड, रेस्क्यु कम्पनी, हेलिकप्टर कम्पनी र अस्पतालको मिलेमतोमा फेक रेस्क्युको ठूलो धन्दामार्फत नेपाल आउने पर्यटकलाई प्रयोग गरेर रकम असुल्ने गरेको पाइएको खबर कारोबार दैनिकले छापेको छ।

जसबाट आउने ठूलो रकम भागबन्डा गर्ने गरेका छन् । नेपालमा झन्डै २ लाख पर्यटकहरु पदयात्रामा आउने गरेका छन् । जसमा ५० हजारभन्दा बढी पर्यटक उच्च भागमा पदयात्राका लागि जाने गरेका छन्।

नेपालमा झन्डै २ हजार ट्रेकिङ कम्पनी सञ्चालनमा छन्।





Comments

comments

Leave a Reply

24089