निगमले भित्र्याएको वाइडबडीको छैन वारेन्टी

काठमाडौं – नेपाल वायुसेवा निगमले पहिलोपटक खरिद गरेका दुई थान वाइडबडी जहाजको वारेन्टी नै नरहेको पाइएको छ।

जहाज खरिद सम्झौतामा नयाँ जहाजको इन्जिन तथा स्पेयर्स पार्ट्सको वारेन्टी र ग्यारेन्टी कति समय हुने विषय नै उल्लेख नगरेको भेटिएको छ ।

निगमले ‘हाईफ्लाई एक्स’सँग गरेको सम्झौतामा वारेन्टी तथा ग्यारेन्टीको विषयमा दुवै पक्ष मौन बसेको भेटिएको खबर कारोबारमा दैनिकमा छापिएको छ।

उक्त विषयले बोर्ड बैठकमा पटक-पटक संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव तथा सञ्चालक समिति अध्यक्ष कृष्ण देवकोटाले प्रश्न उठाएका थिए । बोर्ड बैठकमै दुई पटक यस सम्बन्धमा निर्णय भए पनि सम्झौता अहिलेसम्म बोर्ड बैठकमा प्रस्तुत नगरिएको निगम स्रोतले जानकारी दिएको छ।

निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंशासकारलाई सम्बोधन नै गरेर सचिव देवकोटाले पत्रसमेत लेखेका छन् । यस्तै, जेठ १९ गतेको बोर्ड बैठकमा टीआरईएनटी–७७ बी इन्जिन मर्मतसम्भार कार्य सम्बन्धमा दुई थान वाइड बडी एयरबस ३३०-२०० सिरिजको विमानको इन्जिनको मर्मतसम्भार र स्पेयर्स पार्टस तथा जगेडा इन्जिनको विषयमा सम्झौतमा किन मौन बेसको भन्दै स्पष्टीकरण मागिएको थियो।

कंसाकारले जहाजसँगै वारेन्टी पेपर आउने भने पनि हालसम्म उपलब्ध नगराएको निगमकै एक उच्च स्रोतले जानकारी दिएको छ।





Comments

comments

Leave a Reply

24175