सन्दीपको यात्रा वेस्टइन्डिजतिर

नेदरल्यान्डस्मा एकै ओभरमा दुई विकेट लिएर नेपाललाई खेलमा फर्काएका सन्दीप लामिछानेको अर्को यात्रा वेस्ट इन्डिज हुने भएको छ।

वेस्ट इन्डिजमा बुधबारदेखि शुरु हुने क्यारिबियन प्रिमियर लिग (सीपीएल) मा सहभाििग हुन सन्दीप नेदरल्यान्डस्बाट एन्टिगा गएका हुन् । सेप्टेम्बर १६ सम्म चल्ने सीपीएलमा उनी सेन्ट किट्स एन्ड नेभिस प्याट्रियटसबाट खेल्नेछन् । उनलाई सो टोलीले ५ हजार अमेरिकी डलरमा अक्सनबाट खरीद गरिएको खबर नेपाल समाचारपत्रमा छ।

हालै नेदरल्यान्डस्मा सम्पन्न वानडे अन्तर्राष्ट्रिय सिरिजमा सन्दीपले २ खेलबाट ४ विकेट लिएका थिए । त्यस्तै यसअघि इन्डियन प्रिमियर लिग (आईपीएल) मा डेब्यु गरेका उनले ३ खेलबाट पाँचै विकेट हासिल गरे ।

दिल्ली डेयरडेभिल्सले उनलाई २० हजार डलरमा आबद्ध गरेको थियो । यसैगरी उनले गत महिना क्यानडामा भएको ग्लोबल टी २० क्यानडा लिगमा मोन्ट्रियल टाइगर्सबाट ६ खेलमा सहभागि हुँदै ८ विकेट हात पारेका थिए । मोन्ट्रियलमा उनी ४० हजार डलरमा समावेश भएका थिए।





Comments

comments

Leave a Reply

24294